१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आगामी बजेट पूर्वाधार निर्माण र रोजगारीमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा महत



नुवाकोट । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् ।

नुवाकोटको तारकेश्वर गाउँपालिका–१ मा आज तारकेश्वर तामाङ समाजले आयोजना गरेको ‘ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्न आगामी आवको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने बताए ।

“विगतमा राजनीतिक अन्योलताका कारण लामो समय विकासले गति लिन सकेन”, अर्थमन्त्री महतले भने, “अबको लक्ष्य स्रोत र साधनले भ्याएसम्म पूर्वाधारका संरचनाको निर्माण र प्राविधिक एवं सीपयुक्त शिक्षामार्फत रोजगारी सिर्जना गरेर अर्थतन्त्र बलियो बनाउने हुनेछ ।”

उनले मुलुकमा अब राजनीतिक स्थिरता आएकाले विकासले गति लिनेमा विश्वास व्यक्त गरे । “चीनको केरुङ नाकालाई जोड्न निर्माण भइरहेको गल्छी–रसुवागढी सडक निर्माण पूरा गर्न र टोखा–छहरे सुरुङमार्गको काम अघि बढाउन केन्द्रीय सरकारकाले प्राथमिकता दिएको छ”, उनले भने । उनले प्राविधिक शिक्षामार्फत रोजगारी बढाउनुपर्नेमा जोड दिए ।

मानव सभ्यतामा धर्म, संस्कृति र भेषभूषा अमूल्य सम्पत्ति भएकाले आ–आफ्नो जाति र समुदायअनुसारको संरक्षणमा आफैँ जुट्न उहाँले आग्रह गरे । अर्थतन्त्र बलियो बनाउनसके जनता र राज्य दुवै बलियो हुने भन्दै उनले बलियो नेतृत्वले आफ्नो संस्कृति, परम्परा र राष्ट्रियता जोगाउन आफैँ सक्षम हुने उल्लेख गरे ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ७ : १५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा