१६ पुस २०८२, बुधबार | December 31, 2025

भारतीय सवारीलाई बेलहिया नाकाबाटै रुट पर्मिट सेवा सुरु



भैरहवा। यातायात व्यवस्था सेवा कार्यालय भैरहवाले भैरहवा भन्सार कार्यालयबाटै अस्थायी पटके इजाजत पत्र (रुट पर्मिट) सेवा सुरु गरेको छ ।

स्थलमार्ग हुदै सबैभन्दा बढि पर्यटक भित्रिने नाकाको रुपमा रहेको बेलहिया नाकामै पर्यटकलाई लक्षित गर्दै सेवा सुरु गरिएको हो ।

अब भारतीय पर्यटकहरु भन्सारसँगै रुट पर्मिटको सेवा भन्सार परिसरबाटै पाउने छन । शुक्रबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भारतीय नागरिक ध्रुव सिंहलाई काठमाडौं सम्म ४ दिनका लागि रुट प्रामिट दिई सेवा सुरु गरिएको हो ।

भारतीय पर्यटकलाई नाकामै रुट प्रमिट दिन थालेपछि यातायात व्यवस्था सेवा कार्यालय पुग्नु पर्ने बाध्यता अब हटेको छ । भन्सार कार्यालयले भौतिक सहयोग गरेसँगै यो सेवा भन्सारमै थपिएको यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख ईश्वरी अर्यालले भने ।

दैनिक २ सयको हाराहारीमा पटके सेवा लिने गरेकोमा सिमित जनशक्ति भए पनि अधिकांसको माग बमोजिम सिमा विन्दुमा नै सेवा सुरु गरिएको छ यसको दिगो संचालनका लागि सबैको सहकार्य हुन जरुरी रहेको उनले भने ।

नेपाली सवारीसाधनको ५० किलोमिटर सम्म १ सय १० रुपैयाका दरले राजश्व बुझाउनु पर्छ भने भारतीय मोटरसाइकलको हकमा प्रतिदिन २ सय, मझौला गाडीको हकमा प्रतिदिन ५ सय र ठूला बसको दैनिक ७ सयको दर राजश्व बुझाई इजाजत पत्र दिने व्यवस्था छ । इजाजत पत्रका लागि बुटव बसपार्कमा पनि काउन्टर रहेको छ , भन्सारले इजाजत दिएको दिन सम्म मात्रै यातयातले पटके दिने गरेको कार्यालय प्रमुख अर्यालले भने ।

सेवा सुभारम्भको अवसरमा बोल्दै प्रजिअ अर्यालले पटके इजाजत लिनका लागि पर्यटकहरु भौतारिदै गरेको र सरोकारवाल निकायको माग भएकै कारण सम्बन्धित निकायमा पहल गरेर पर्यटकका लागि सेवा सुरु गरिएको बताए ।

कार्यभार सम्हालेदेखि नै सबैको समस्या आफ्नो समस्या जस्तै ठानेर काम गरिरहेको छ, अझै पनि धेरै काम गर्नुपर्ने भएकोले सहकार्य तथा समन्वय गर्नुपर्ने बताए ।

प्रजिअ अर्यालले यो पहिलो अध्याय हो दोस्रो अध्यायको रुपमा सिमामा चेकजाँच प्रणलीलाई एक ठाँउमा व्यवस्थित गर्ने तेस्रो अध्यायमा नेपाल प्रवेश गर्नै सबै जना वाल्क थ्रु गेट हुदै परिचय पत्र देखाएर मात्रै नेपाल प्रवेश गर्ने व्यवस्थापनका लागि गृहकार्य भएको बताए ।

यातायात कार्यालयले २०६८ सालदेखि पटके सेवा संचालन गरेको भएपनि भैरहवामा आर्थिक वर्ष २०७१÷७२ बाट सेवा इकाई कार्यालयको स्थापनासँगै रुट प्रमिट दिदै आएको थियो । तत्कालिन समयमा सिद्धार्थ उद्योग वाणिज्य संघको भौतिक सहयोगमा नेशनल ट्रेडिङमा कार्यालय स्थापना भएपनि हाल अञ्चलपुरमा कार्यालय रहेको छ ।

कार्यालयले वार्षिक ३५ करोड बढि राजश्व उठाउदै आएको छ । सिमामै सेवा दिन थालेपछि राजश्वमा पनि बढोत्तरी हुने यातयात कार्यालयको अपेक्षा रहेको छ ।

कार्यालयले निकट भविष्यमा प्रदुषण मापनको स्वीकृत दिने व्यवस्था को पनि थालनी गर्न लागेको कार्यालय प्रमुख अर्यालले भने । हामीसँग सवारीसाधनको प्रदुषण मापन यन्त्र आइसकेको छ, प्रदेश सरकारको मन्त्रालयबाट स्टीकर नआइसकेको कारण सेवा सुरु भएको छैनौ अबको केही समयमै सेवा थप हुने उनले भने ।

पटके शाखा सेवा संचालनको क्रममा बोल्दै यातयात व्यवसायी सियाराम यादवले नेपाली गाडीहरुका लागि रुट प्रमिट लिन सिमामा पुग्नु पर्दा अपायक हुने हुदा कार्यालयबाट पनि सेवा सुचारु गर्नुपर्ने बताए ।

यस्तै पर्यटन व्यवसायी चन्द्र प्रकाश श्रेष्ठ, उद्योग व्यपार संगठनका अध्यक्ष दर्पण श्रेष्ठ, सिदार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतम, पर्यटन व्यवसायी संजय बजिमय, कार्यालयका अधिकृत नरबहादुर अर्याल लगायतले सेवा संचालनसँगै भारतिय पर्यटक गाडीलाई सहज हुने बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ४ : ४८ बजे

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व

बुटवल सडक खाना महोत्सव-२०८२ सुरु, संस्कृति, स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

बुटवल । नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन

शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या

काठमाडौं । शितलहरका कारण निर्माणाधिन नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको