१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अझै लागु भएन सार्वजनिक यातायातमा मापदण्ड



काठमाडौं । बिहानको करिब ९ बजेको थियो, त्यसमा सिमसिमे पानी । त्यही पानीमा छाता ओढेर कार्यालय जानका लागि सार्वजनिक यातायात कुरिरहेका थिए ।

भक्तपुरको नयाँ ठिमी बस्ने समुन्द्र अधिकारी पनि सार्वजनिक यातायात चढ्न खोजे, तर सकेनन् । फेरि केही समयपछि एउटा माइक्रोबस आयो, उनी चढे तर ड्राइभरले मापदण्डविपरीत सिट नभरुन्जेलसम्म रोकिराखे ।

सार्वजनिक यातायातमा कुनै मापदण्ड नभएको बिलौना गर्दै उनी भन्छन्, ‘सहचालकले माक्स लगाउँछ तर नाक र मुख खुला राख्छ । चिउँडोमा मात्र माक्स अड्काउँछ । बसको दायाँपट्टि भागमा सेनिटाइजरको भाँडो छ, तर यात्रुको खचाखचले गर्दा त्यो पनि लगाउन सकिने अवस्था छैन ।

एक त सरकारले तोकेको मापदण्ड पूरा भएको देखिँदैन, अर्को दोब्बर भाडा तिरेर पनि कसरी अव्यवस्थित तरिकाले यात्रा गर्नु ?’ उनले सुस्केरा हाल्दै भने, ‘खाऊँ भने दिनभरिको सिकार, नखाऊँ भने कान्छाबाउको अनुहार भनेजस्तै जागिर नखाऊँ बालबच्चा भोकै, खाऊँ त यस्तो माहामारीमा पनि सार्वजनिक यातायातमा अव्यवस्थित अनि असुरक्षित यात्रा गर्नुपर्ने ।’

सरकारले भनेको मापदण्ड मात्र पूरा गरे पनि यात्रालाई सहजीकरण गर्न सकिन्थ्यो । दोब्बर भाडा तिर्ने भएपछि त कम्तीमा एउटा सिटमा एक जना मात्र राखेर सामाजिक दूरी कायम गरेर यात्रु राख्दा त भइहाल्थ्यो नि, तर त्यो व्यवहारमा लागू नभएको उनी गुनासो गर्छन् । आजको कारोबार दैनिकमा खबर छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ८ : ५५ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को