२५ बैशाख २०८१, मंगलबार | May 8, 2024

चिनी उद्योगी र ठूला व्यापारीको मिलेमतोमा कृत्रिम अभाव



काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा चिनीमा चरम कालोबारी हुन थालेको छ । ठूला व्यापारी र चिनी उद्योगीको मिलेमतोमा कृत्रिम अभाव देखाएर चिनीमा चरम कालोबारी हुन थालेको हो ।

व्यापारीले पछिल्ला दिनमा चिनीको मूल्य पनि बढाएका छन् । केही दिनअघिसम्म ८० देखि ८५ रुपैयाँ प्रतिकिलोमा पाइने चिनी अहिले एक सय रुपैयाँसम्म पुगेको छ । नेपाल राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजारमा पर्याप्त चिनी हुँदा हुँदै पनि ठूला व्यापारी र केही उद्योगीको मिलेमतोमा अभाव सिर्जना गर्न खोजिएको बताए । ‘अहिले जानाजान अभाव सिर्जना गर्न खोजिएको छ, ठूला चाडपर्व नजिकिरहेको अवस्थामा अभाव देखाएर कालोबजारी गर्न खोजिएको छ, सरकारले समयमै यसप्रति ध्यान दिनुपर्छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार मुलुकभर सामान्य अवस्थामा मासिक २०/२५ हजार मेट्रिक टन चिनी खपत हुन्छ । ६० प्रतिशत चिनी घरायसी परियोजन र ४० प्रतिशत मिठाई उद्योगमा खपत हुन्छ । मन्त्रालयको तथ्यांकअनुसार १ जेठमा ६५ हजार ४ सय ९२ मेट्रिक टन चिनी मौज्दात थियो, जसमा चिनी उद्योगसँग ६३ हजार २ सय ७ मेट्रिक टन र साल्ट टे«डिङसँग २ हजार २ सय ८५ मेट्रिक टन चिनी मौज्दात थियो ।

यस्तै, चिनी व्यापारीहरूले पनि निरन्तर आयात गर्दै आएका छन् । गत असार मसान्तदेखि १४ साउनसम्म भन्सार नाकाबाट ४८ हजार मेट्रिक टन चिनी वैध रूपमा भित्रिएको थियो । त्यस्तै, अवैध रूपमा १ लाख २ हजार मेट्रिक टन चिनी नेपाल भित्रिएको पाइएको छ । यो तथ्यांक हेर्दा अहिले बजारमा चिनीको अभाव नहुनुपर्ने हो ।

उता, कोरोना भाइरस महामारीका कारण भएको करिब ४ महिना लामो लकडाउनमा मिठाई उद्योगहरू सञ्चालन हुन पाएनन् । लकडाउन अन्त्य भए पनि अधिकांश मिठाई उद्योग राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । मिठाई उद्योग बन्द हुँदा चिनी खपत आधा नै कम हुन्छ ।

अहिलेको अवस्थामा २० देखि २५ हजार मेट्रिक टन खपत हुने चिनी घटेर करिब ९ देखि १३ हजारमा झरेको छ । मन्त्रालयको १ जेठको तथ्यांकलाई आधार मान्ने हो भने ६५ हजार मेट्रिक टन चिनी करिब ५–६ महिनालाई पुग्नुपर्ने हो ।

१ जेठको तथ्यांकअनुसार ६३ हजार २ सय ७ मेट्रिक टन चिनी मौज्दात रहेकामा अहिले उद्योगहरूसँग करिब ३० देखि ३५ हजार बढी मेट्रिक टन चिनी मौज्दात हुनुपथ्र्यो । राम्रोसँग मिठाई उद्योगसमेत सञ्चाल नभएको अवस्थामा साढे १ महिना नपुग्दै उद्योगीहरूले चिनीको मौज्दात जम्मा ७ हजार मेट्रिक टन मात्र रहेको बताउन थालेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले चिनी उद्योगीहरूले चिनीको यकिन तथ्यांक नदिएको बताइन् । ‘केही दिनअघि मात्र ३६ हजार मेट्रिक टन मौज्दात रहेको भनिएकामा अहिले ७ हजार मेट्रिक टन मात्र मौज्दात रहेको जानकारी दिइएको छ,’ उनले भनिन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ७ : ०८ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार