६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज पद तथा गोपनियताको सपथ लिदैँ



बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिदैँछन ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ः४५ बजे सपथ लिने छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको  नयाँ समीकरण निर्माण भएसँगै मुख्यमन्त्री नियुक्त भएका नेकपा माओवादी, लुम्बिन प्रदेश संसदीय दलका नेता महराले मुख्यमन्त्रीको सपथ लिन लागेका हुन् ।

मुख्यमन्त्रीको सपथसँगै उनले केही मन्त्रीलाइ सपथ ग्रहण पनि गराउने छन् । तर, अझै नाम भने टुंगो भइसकेको छैन् ।

नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्री रहेका डिल्लीबहादुर चौधरीले गत बिहीबार राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले गत शुक्रबार महरालाइ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरालाई एमाले,जसपा,नाउपा,नेकपा एस र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरिएको थियो । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपचार २ अनुसार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ९ : ३३ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र