६ माघ २०८२, मंगलबार | January 20, 2026

भारतको बेतालघाट सवारी दुर्घटनामा सात नेपालीको मृत्यु



महेन्द्रनगर । सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ ।

बेतालघाट पुलिस थानाका सब-ईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन् । मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरु नेपालको साविक भेरी अञ्चल बबइका भएको बेतालघाट पुलिस थानाले जनाएको छ ।

घटनास्थल वरपर नेपालीहरु सडक छेउमा पाइप बिछ्याउने काम गर्दथे । उनीहरु गाडी भाडामा लिएर टनकपुर आउने तयारीमा सामान लोड गर्दागर्दै सवारी सडकदेखि तल झरेको अन्सारीले बताए ।

“काम गर्ने ठाउँ नजिकै दुर्घटना हुँदा सात नेपालीसहित स्थानीय चालकले ज्यान गुमाए,” उनले भने, “उनीहरुको शव नैनीताल सरकारी अस्पतालमा राखिएको छ ।” दुर्घटनामा परी धीरज चौधरीको श्रीमती शान्ति चौधरी र जनक चौधरी घाइते भएको उनले जानकारी दिए ।

गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनाको उद्धारमा राति प्रहरीलगायत ‘स्टेट डिजास्टर रेस्पोन्स टिम’समेत खटिएको सब-इन्सपेक्टर अन्सारीले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  २ : ०६ बजे

महावीर पुनले गराए म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस सभापति गगन थापाले फेरे निर्वाचन क्षेत्र, सर्लाही-४ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निर्वाचन क्षेत्र