६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

अबैधरुपमा निकालिएको नदीजन्य पदार्थ सहित २ वटा ट्याक्टर नियन्त्रणमा



बुटवल । रुपन्देही प्रहरीले जिल्लाको रोहिणी खोलाबाट अबैधरुपमा उत्खनन् गरि लैजाने तयारी गरिएको नदीजन्य पदार्थ सहित २ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । रुपन्देही प्रहरी अन्तर्गतको इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुर स्थित रोहिणी खोलाबाट अबैध उन्खनन् गरिएको नदी जन्य पदार्थ सहित लु ४ त ७२२३ र लु ५ त १६६ नम्वरको दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

अबैध रुपमा उत्खनन् गरिएको नदिजन्य पदार्थ (बालुवा) उलैजाँदै गरेको अवस्थामा फेला परेका ट्याक्टरलाई प्रहरीले ओमसतिया गाउँपालिकाको कार्यालयमा पठाएको जनाएको छ ।

गाउँपालिकाले प्रहरीले बुझाएको ट्याक्टरलाई ३० हजार जरिवाना असुल गरेर छाडेको समेत प्रहरीले जानकारी दिएको छ । स्थानीय तहबाट अनुगमन नहुँदा रुपन्देहीको बुटवल, तिलोत्तमा, रोहिणी, सियारी लगायतका पालिकाहरुमा हरेक दिन लाखौं मुल्यको नदीजन्य पदार्थको उत्खनन् र वरासपसार हुँदै आएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ९ : ५७ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र