१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला



बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर मदन भण्डारी स्पोर्टस् एकेडेमीले आउदो जेठ ३ गते बुटवलमा आयोजना गर्न लागेको म्याराथुन प्रतियोगिता आवेदन खुला भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुर्व आचार्यले प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीको लागि फारम वितरण गरिएको बताए । थप खुला १० किलोमिटर महिला म्याराथन प्रतियोगिता पनि थप भएको आचार्यले जानकारी दिए । प्रतियोगिता आउन अब २० दिन बाँकी छ ।

सबैका लागि खेलकूद भन्ने नाराका साथ ऐकेडेमीले दोस्रो मदन भण्डारी कप राष्ट्रिय खुला हाफ म्याराथन प्रतियोगिता गर्न लागेको हो । आचार्यले हाफ् म्याराथन २१ किलोमिटर दौड हुने जानकारी दिए ।

त्यस्तै १० किलोमिटर महिला खुला प्रतियोगिता पनि रहेको छ । १० किलोमिटर कलेज स्तरीय र ५ किलोमिटरको विद्यालय स्तरीय छात्र र छात्रा दौड प्रतियोगिता पनि हुनेछ । भने, ६० वर्ष माथिका जेष्ठ नागरिकको लागि वाल्कथुन प्रतियोगिता पनिसँगसँगै राखिएको एकेडेमीका कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए । प्रतियोगिताको पुरस्कार राशी १ लाख रुपैयाँको छ ।

खुला रेसको द्धितीय पुरस्कार ७५ हजार, तृतीय पुरस्कार ५० हजार, चौथो ३० हजार, पाँचौ २० हजार र छैठौं १० हजार रहेको छ । त्यस्तैगरी १० किलोमिटर दौडको प्रथम ३५ हजार, द्धितीय २५ हजार, तृतीय पुरस्कार १५ हजार, चौथौं १० हजार र पाँचौ र छैठौंको क्रमस ७ र ५ हजार रहेको छ । छात्र छात्रा दौडको विजेताले प्रथम पुरस्कार छात्रतर्फ क्रमस २० हजार, १५ हजार, १२ हजार, १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्नेछन । भने, छात्रातर्फ १५ हजार, १० हजार, ७ हजार, ५ हजार, ३ हजार २ हजार प्राप्त गर्नेछन । प्रतियोगिताको तयारी तीब्र पारिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १० : ०३ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले