७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि



काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ ।

सेवा सहजताका लागि १ विहान १ घण्टा अगाडि कार्यालय सञ्चालन थालिएको हो ।यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुने महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिएका छन् ।

थप समयमा काम गर्नका लागि कर्मचारीहरुलाई प्रोत्साहन गर्न ‘काठमाडौँ महानगरपालिका कर्मचारी सेवा सुविधा सम्बन्धी मापदण्ड २०८०’ नगर कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ । सेवाको गुणस्तरीयता र प्रभावकारिताका लागि अतिरिक्त समयमा समेत कार्य सम्पादन गर्न आवश्यक रहेकोले पदीय जिम्मेवारी वहन गर्न उपलब्ध गराउने स्रोत, साधन सम्बन्धी व्यवस्था मापदण्डले गरेको छ ।

बिहान १० बजेबाट सरकारी तथा निजी क्षेत्रका कार्यालयमा काम गर्ने कर्मचारीलाई यो व्यवस्थाले महानगरपालिकाबाट सेवा प्राप्त गर्न सहज हुनेछ । बिहान आफ्नो कार्यालय जानु पूर्व महानगरपालिका र अन्तर्गतका विभिन्न कार्यालयहरूबाट सेवा प्राप्त सजिलो होस भन्ने उद्देश्यले यो व्यवस्था कार्यान्वयन गरिएको प्रवक्ता मानन्धरको भनाइ छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ३ : ३१ बजे

कांग्रेसको विरोधका बीच प्रधानमन्त्री प्रचण्डद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको

कांग्रेबाट संसद बैठकमा अवरोध, १५ मिनेटकालागि बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरको छ ।

सुनको मूल्य तोलामा नौ सयले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता–चन्द्रप्रसाद ढकाल

काठमाडौं । औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण