१८ जेष्ठ २०८३, सोमबार | June 2, 2026

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व



बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले आफ्नो स्थापनाको आठौ वर्ष पूरा गरेको छ । आठौं वार्षिक उत्सवको अवसरमा आज आयोजित एक कार्यक्रममा कन्सलटेन्सीले २ जना गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेको छ ।

बार्षिक उत्सव कार्यक्रममा बोल्दै कन्सलटेन्सीका अध्यक्ष तथा प्रवन्ध निर्देशक गोबिन्द बस्नेतले कक्षा १ देखि विद्यालय तहसम्मको अध्ययन पूरा गर्दासम्म अभिभावकत्व ग्रहण गर्दै आवश्यक शैक्षिक सामग्री तथा पोशाक लगायतको सामग्री प्रदान गरिने प्रतिबद्धता जनाए ।

विगत ८ वर्षदेखि अध्ययनका लागि जापान जान चाहने विद्यार्थीलाई परामर्श तथा भाषा कक्षा सञ्चालन गर्दै आएको करियर प्लानिङले सामाजिक उत्तरदायित्व अन्तरगत छात्रवृत्ति घोषणा गरिएको बस्नेतले बताए। कन्सलटेन्सीले कक्षा ५ मा अध्ययनरत रिया थापा र कक्षा १० मा अध्ययनरत सबिना थापालाई छात्रवृत्ति प्रदान गरेको हो । यसबाहेक यसै वर्षदेखि २ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने भएको हो ।

कन्सलटेन्सीले दिएको जानकारी अनुसार २०७३ सालमा स्थापना भई परामर्श तथा भाषा कक्षा सञ्चालन गरेको करियरले हालसम्म ७ सय बढी विद्यार्थीलाई जापान पठाउन सफल भएको छ । यसै वर्षदेखि अष्टेलिया, क्यानडा, यूके लगायतका देशका लागि पनि काम गरिने अध्यक्ष बस्नेतले बताए ।

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य जमुना ढकालले अध्ययनका लागि वा रोजगारका लागि जानूभन्दा पहिले सही परामर्श लिन आवश्यक रहेको बताइन् ।

रुपन्देही इक्यान रुपन्देहीका अध्यक्ष यसैगरी गिरीराज पाण्डे, संस्थापक अध्यक्ष देवबहादुर कुंवरले परामर्श संस्थाहरुप्रति राज्यले आवश्यक नीति बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा मेडिकल ल्याब्रेटरी नेपाल (मेलान) रुपन्देही अध्यक्ष नारायण पौडेल, करियर का डाइरेक्टर तुलशी पौडेल बस्नेत, चलचित्र पत्रकार संघ रुपन्देहीका संस्थापक अध्यक्ष सुमन श्रेष्ठ, पत्रकार खेम पाठक, लगायतले अध्ययनका लागि वैदेशिक यात्रमा जानू गलत नभएको उल्लेख गर्दै बरु यसलाई थप सुरक्षित र विश्वसनीय बनाउनु पर्ने बताए ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ९ : ३२ बजे

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त

काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान

३३ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को

न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधान न्यायाधीशको २१ बुँदे निर्देशन

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश

“रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती” : पर्यटन नीतिमा आमुल परिर्वतनको खोजी

बुटवल । नेपालको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरि सो

सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदको आइतबारको बैठकमा सांसद