४ पुस २०८२, शुक्रबार | December 19, 2025

गलत समूहको रगत दिँदा सुत्केरी महिलाको मृत्यु, चिकित्सक पक्राउ



जनकपुर । जनकपुरमा एक सुत्केरी महिलालाई अर्कै समुहको रगत चढाएपछि मृत्यु भएको छ । रेडक्रस सोसाईटी जनकपुर शाखाले नमुना परीक्षण नै नगरी दिएको रगत रामजानकी अस्पतालले चढाउँदा महोत्तरी गौशाला नगरपालिका वडा नम्बर ११ भरतपुर बस्ने २२ वर्षीया गंगादेवी महतोको मृत्यु भएको हो ।

शल्यक्रियामार्फत बिहीबार राति ९ बजे छोरी जन्माएपछि उनलाई रगत अभाव भएका थियो । तर महिलाको रक्तसमूह ओ पोजेटिभ रहेकामा अस्पतालले बी पोजेटिभ रगत चढाउँदा मृत्यु भएको आफन्तले बताएका छन् ।

महिलाको रगतको स्याम्पल दिएर अस्पतालका चिकित्सकले रगत ल्याउन रेडक्रसको रक्तसंचार केन्द्रमा पठाएको थियो । रक्तसंचार केन्द्रले ओ पोजेटिभको सट्टा बी पोजेटिभ रगत दिएर पठाएको र चिकित्सकले चेक नगरी सोही रगत चढाउँदा ती महिलाको मृत्यु भएको हो ।

‘हामीले घटनाबारे बुझेलगत्तै दुई जना चिकित्सकलाई पक्राउ गर्न लगाएका छौं’ धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने, ‘दुबैलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।’

यसबारे गम्भीर छानबिन हुने बताउँदै प्रजिअ भट्टराईले दोषी देखिनेलाई कारवाही हुने बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  २ : ५२ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ