३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन



काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको न्यू क्यालेडोनिया टापुमा मतदानको नियमलाई लिएर तीन दिनदेखि हिंसात्मक प्रदर्शन भइरहेको छ ।

यो टापु फ्रान्सले १७१ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । दंगामा हालसम्म ५ जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन् ।

प्रहरीले दुई सय जनालाई पक्राउ गरेको छ । फ्रान्स सरकारले नै संसदमा यस बारे जानकारी दिएको हो । सरकारले त्यहाँ १२ दिनका लागि संकटकाल लगाएको छ । यस अवधिमा सबैलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। विमानस्थल र बन्दरगाहको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । सेनाका ट्याङ्कहरू सडकमा गस्ती गरिरहेका छन्।

फ्रान्सेली न्यूज च्यानल फ्रान्स २४ का अनुसार फ्रान्सले हालै न्यू क्यालेडोनियामा मतदान नियम परिवर्तन गर्ने विधेयक पारित गरेको थियो । यो विधेयक अन्तर्गत न्यु क्यालेडोनियाका मूल निवासी बाहेक फ्रान्सबाट त्यहाँ बसोबास गर्ने व्यक्तिलाई पनि मतदान गर्ने अधिकार दिइएको छ ।

यसै सन्दर्भमा त्यहाँका तीन नगरपालिकामा ५ हजारभन्दा बढी आन्दोलनकारी विधेयकको विरोध गरिरहेका छन् । न्यू क्यालेडोनिया एउटा टापु हो । आन्दोलनकारीले विभिन्न ठाउँमा ब्यारिकेड लगाएका कारण अत्यावश्यक सेवा ठप्प भएको छ ।

आन्दोलनकारीले सहरका पसलमा लुटपाट गर्न थालेका छन् भने धेरै पसलमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले अब फ्रान्सबाट अलग हुन चाहेको बताएका छन् । विगत केही वर्षदेखि न्यु क्यालेडोनियाका जनताले छुट्टै देशको माग गर्दै आएका छन् । आन्दोलनकारीलाई रोक्न त्यहाँ १ हजार ८ सय प्रहरी मात्रै छन् । दंगा रोक्न सरकारले टिकटकमा पनि प्रतिबन्ध लगाएको छ ।

यी दंगाको असर छिमेकी देश अष्ट्रेलियामा पनि देखिएको छ । अस्ट्रेलियाका विदेश मामिला मन्त्री पेनी वोङले मानिसहरूलाई न्यू क्यालेडोनिया नजान अपील गरेका छन् ।

ब्रिटिश नाविक जेम्स कुक पहिलो पटक व्यापार गर्ने उद्देश्यले १७७४ मा न्यू क्यालेडोनिया पुगेका थिए । त्यसपछि उनले त्यहीँबाट व्यवसाय गर्न थाले । फ्रान्सेली नाविक एन्टोइन डे ब्रुनी पनि व्यापार बढाउन त्यहाँ पुगेका थिए । १८४१ मा, बेलायतको लन्डन मिसनरी सोसाइटीले त्यहाँ आफ्नो शिविर स्थापना गर्यो । त्यतिबेला फ्रान्स र बेलायतबीच सकेसम्म धेरै देशहरू कब्जा गर्ने प्रतिस्पर्धा थियो । यस कारणले गर्दा, फ्रान्सले १८४३ बाट त्यहाँ आफ्नो नौसेना पठाउन थाले । यसपछि दुवैबीच युद्ध भयो र सन् १८५३ मा फ्रान्सले सम्पूर्ण टापु कब्जा गर्यो । त्यसबेलादेखि आजसम्म यो फ्रान्सेली कब्जामा छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ९ : ५० बजे

राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन

आफ्नै ‘ब्राण्ड’मा अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा दिइरहेको आइएमई ग्रुप

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर

बेनी-जोमसोम-कोरला सडकमा करिब एक अर्बको क्षति

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी-जोमसोम-कोरला

फ्रान्सका प्रमुख सहरमा रात्रिकालीन कर्फ्यु, २ हजार ५०० भन्दा बढी पक्राउ

पेरिस । सप्ताहान्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सका अधिकारीहरूले