४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाँकेमा आज थपिए ४६ जना संक्रमित, वडा प्रहरीका ७० प्रतिशत प्रहरीलाई संक्रमण, दङ्गाबाट झिकाईयो प्रहरी जनशक्ति



नेपालगन्ज । बाँकेमा वडा प्रहरी कार्यालयका ३० जना प्रहरी सहित आईतबार ४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा वडा प्रहरीका ईन्चार्ज प्रहरी निरिक्षक सहित ३० जना प्रहरी कर्मचारी र अन्य सर्वसाधारण गरि ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि वडा प्रहरी कार्यालयका प्रहरीलाई कोरोना भाइरस देखिएपछि वडा सिल गरेर ४१ जनाको स्वाव संकलन गरिएको थियो । ४१
प्रहरीको नमुनामा प्रहरी निरिक्षक सहित ३० जनामा संक्रमण देखिएको हो । वडा प्रहरीबाट थुनुवा तथा प्रहरीका कन्ट्याक्ट ट्रेसिङमा परेका ८० जनाको स्वाव संकलन गरिएको थियो । ५६ जना कार्यरत रहेको वडा प्रहरी कार्यालयमा ३५ जना भन्दा बढीलाई संक्रमण पुष्टि भएपछि झण्डै वडा प्रहरी कार्यालय नै खाली हुने अवस्था सिर्जना भएको छ । जिल्ला प्रहरी कार्यालयमा पर्याप्त जनशक्ति रहेकाले वडा खालि हुँदैमा जिल्लाको सुरक्षामा असर नपर्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नायव प्रहरी उपरिक्षक सुवास खड्काले बताए ।

वडामा संक्रमित भएकै संख्यामा दङ्गा नियन्त्रण प्रहरी गणबाट थप प्रहरी जनशक्ति बोलाएर सुरक्षाको ब्यवस्था मिलाईएको बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले बताए ।

आज पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुको परीक्षणमा यो संख्या अझै थपिन सक्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ९ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको