१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय कारोबार सम्झौता



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय (क्रस बोर्डर) कारोवार गर्नेसम्बन्धी सम्झौता भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहक तथा भारतीय ग्राहकले एक देशबाट अर्को देशमा मोबाइल बैंकिङ तथा क्यूआर कोडका माध्यमबाट कारोबार गर्न सक्नेगरी डिजिटल प्रविधिको व्यवस्था मिलाउन ती दुई संस्थाबीच सम्झौता भएको हो । यसले नेपालभित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको छ । यस्तो कारोबार नेपाल राष्ट्र बैंकले तोकेको सीमा र परिधिभित्र रहेर गर्न सकिने छ । नेपाल क्लियरिङ हाउस (एनसिएचएल)को माध्यमबाट यस्ता कारोबारहरु हुनेछन ।

आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौतामा हस्ताक्षर गरेका हुन्। सो अवसरमा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा दुर्गा कुमारी कंडेल र विभागीय प्रमुख ऋषिराम ढकाल उपप्रमुख दिनेश ओझा तथा एनसिएचएलका तर्फबाट चिफ अपरेटिङ अफिसर मुन्नि राजभण्डारी र मनिष पटेलको उपस्थिति रहेको थियो ।

हाल राष्ट्रिय वाणिज्य बैंकको सातवटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका दुई सय ८७ शाखा कार्यालय, तीन सय पाँच एटिएम, ९९ वटा शाखारहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, प्वाइन्ट अफ सेल सेवा , क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्यूआर टेलर )बिनाचेक रकम झिक्न सकिने) इन्टरनेट बैंकिङ, परिष्कृतरुपको मोबाइल बैंकिङ (डिजिटल संसार) तथा बिनाइन्टरनेट चल्ने युएसएसडी मोबाइल बैंकिङका सेवासमेत सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  १ : ४३ बजे

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र