१० भदौ २०८३, बुधबार | August 26, 2026

बाँकेमा थपिए १६ नयाँ संक्रमित, वडा प्रहरी कार्यालयका अधिकांस प्रहरी संक्रमित



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा १६ जना संक्रमित थपिएका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २ जना चिकित्सक, ३ जना प्रहरी, ८ जना नेपालगन्ज उपमहानगरका स्थानीयबासी र ३ जना डुडुवाका स्थानीयबासीमा कोरोना पुष्टि भएको छ ।

कोरोना पुष्टि भएका चिकित्सकहरु नेपालगन्ज मेडिकल कलेजमा कार्यरत चिकित्सक हुन् भने संक्रमित हुने प्रहरीहरु वडा प्रहरी कार्यालय नेपालगन्जका कार्यरत प्रहरी हुन् ।

सोमबारसम्ममा नेपालगन्जका ८ जना स्थानीयबासीमा कोरोना देखिएको छ । भेरी अस्पतालको रिपोर्टमा ३ जना डुडुवाका स्थानीयमा पनि संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा दाङका १ जना, कैलालीका २ जना र बर्दियाका २ जनामा पनि कोरोना पुष्टि भएको छ ।

भेरी अस्पतालमा परीक्षण गरिएको स्वावमा अहिले सम्ममा ११०५ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा संक्रमणको क्रम नरोकिएपछि हाल नेपालगन्ज उपमहानगरका अधिकांस स्थान सिल गरिएको छ भने जिल्लामा स्थानीय प्रशासनको निषेधाज्ञा जारी छ ।

देखिएका संक्रमितमा केहिको अवस्था गम्भिर रहेको बाँकेमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ५ : २८ बजे

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक