२३ भदौ २०८३, मंगलबार | September 8, 2026

गण्डकी बजेटमा ‘उचाइमा खेल, खेलमा उचाइ’ कार्यक्रम



कास्की । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशको खेलकुद विकासलाई प्राथमिकतामा राखेको छ । सरकारले विशेषगरी ‘उचाइमा खेल, खेलमा उचाइ’ कार्यक्रम सञ्चालन गरी खेल क्षेत्रलाई नयाँ उचाइमा लैजाने जनाएको हो ।

आगामी आव २०८१÷८२ को वार्षिक बजेट आज प्रदेशसभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री डा टकराज गुरुङले उच्च उचाइ (हाइ अल्टिच्युड) खेल तालिम केन्द्रको पूर्वाधार निर्माणमार्फत खेल क्षेत्रलाई नयाँ उचाइमा लैजाने जानकारी दिए ।

प्रदेश सरकारका अघिल्ला वर्षका नीति तथा कार्यक्रम र बजेटमा हिमालपारिको जिल्ला मुस्ताङमा उच्च उचाइ खेल पूर्वाधार निर्माण गर्ने योजना पर्ने गरे पनि कार्यान्वयन हुन सकेको थिएन । मुख्यगरी जग्गा प्राप्तिलगायतका कारणले योजना अघि बढ्न सकेको छैन ।

मन्त्री गुरुङले आगामी वर्ष उच्च उचाइ खेल तालिम केन्द्रको निर्माण सुरु गरिने जानकारी दिए। “उच्च उचाइ खेल तालिम केन्द्रको पूर्वाधार निर्माण गरी ‘उचाइमा खेल, खेलमा उचाइ’ कार्यक्रम सञ्चालन गर्नेछौँ”, उनले भने ।

प्रदेश सरकारले खेलकुद क्षेत्रको विकास, विस्तार र सुदृढीकरणका लागि सङ्घ र स्थानीय सरकारबीच सहकार्य र साझेदारी गरिने जनाएको छ । मन्त्री गुरुङले भने, “सहकार्य र साझेदारी गर्दै खेलाडीहरूको व्यावसायिकता विकास, प्रशिक्षण र प्रोत्साहनका विशेष कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु ।”

प्रदेशका ख्यातिप्राप्त खेलाडीहरूको सम्मान कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिए । सरकारले आगामी आवका लागि रु ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बजेट ल्याएकामा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका लागि रु पाँच अर्ब ४७ करोड ७४ लाख १६ हजार छुट्याइएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ८ : ५४ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३