४ पुस २०८२, शुक्रबार | December 19, 2025

रामहरि खतिवडाको प्रश्न: विद्या भण्डारीले एमालेको सदस्यता लिएपछि पूर्वराष्ट्रपतिको सेवा सुविधा के हुन्छ ?



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषय संसदमा उठाएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भण्डारीले एमालेको सदस्यता नविकरण गरेको भन्दै उनले राज्यबाट पाउने सेवा सुविधाबारे के हुन्छ भन्दै सरकारको जवाफको माग गरेका छन् ।

उनले भने, ‘पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरेको समाचार सुन्नमा आयो । पार्टीको सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिका हैसियतमा सेवा सुविधा लिन मिल्दैन, राज्यले त्योबारे के सोचेको छ, संविधानमा के व्यवस्था छ सरकारले त्यसको जवाफ दिओस् ।’

पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेको चर्चा केही दिनयता सामाजिक सञ्जाल र मिडियामा चलिरहेको छ । यस विषयमा भण्डारीको तर्फबाट र एमालेबाट स्पष्ट जानकारी भने अहिलेसम्म दिइएको छैन ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको