२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

मन्त्रीको नाम टुंगो लगाउन अन्तिम कसरतमा कांग्रेस



काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीको सपथको समय नजिकिँदै गर्दा दुबै पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने अन्तिम कसरत भइरहेको छ । एमालेले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाममा टुंगो लगाएपनि कांग्रेसमा भने अझै अलमल कायम रहेको छ ।

अन्तिम अवस्थामा कुनै समस्या नआएमा सरकारको नेतृत्व गर्ने दल नेकपा एमालेले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । एमालेले पाएका आठ मन्त्रालयमा जाने सबै मन्त्रीहरुको नाम टुंगो लागेको एक एमाले नेताले बताए । एमालेबाट सचिव योगेश भट्टराई र छविलाल विश्वकर्मा पनि मन्त्री बन्ने सूचीमा रहे पनि उनीहरुले पाउने मन्त्रालयका बारेमा अध्यक्ष ओलीले कुनै निर्णय गरिनसकेको बताइएको छ । भट्टराई र बिश्वकर्माको नाममा केही फेरबदल हुन सक्ने एमाले स्रोतको दाबी छ ।

नेपाली कांग्रेसका नेताहरु पनि मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउने छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवाले मन्त्रीहरुको नाम टुँगो लगाउन अन्तिम कसरतमा जुटेका छन् । पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारमा कांग्रेसको नेतृत्व गर्ने लगभग तय भएको छ ।

सरकारको नेतृत्व गर्ने भनिएका सिंहको मन्त्रालय अझै तय हुन नसकेको् कांग्रेस स्रोतले जनायो । कांग्रेसबाट रमेश लेखकलाई गृहमन्त्री, आरजु देउवा राणालाई परराष्ट्रमन्त्री, अजय चौरसियालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मा लगाइने भएको छ ।

दिपक खड्का, ऐनबहादुर शाही, किशोर सिंह राठोर र दिपक गिरीको नाम मन्त्री हुने लिष्टमा भएपनि टुंगो लागि नसकेको स्रोतको दाबी छ ।

मन्त्रीमा तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ । सम्भवत उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जिम्मा दिइने छ ।

साना दलहरुभने कांग्रेस र एमाले निर्णय कुरेर बसिरहेका छन् । ५ वटा मनत्रालय साना दलहरुका लागि भने रिजर्वमा राखिएपनि अहिले सम्म त्यस सम्बन्धमा प्रमुख दुई दल कांग्रेस र एमालेले कुनै दलका नेताहरुलाई सम्बादमा बोलाएका छैनन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ९ : ५४ बजे

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित

प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस, दाहाल र आङदेम्बेको असहमति

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा