१२ माघ २०८२, सोमबार | January 26, 2026

सुदूरपश्चिम विश्वविद्यालय : राजनीतिबाट टाढा रहँदै प्राविधिक एवं व्यावहारिक शिक्षामा जोड



काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयले आफू मातहतका १६ वटा आङ्गिक क्याम्पसमार्फत करिब २० हजार विद्यार्थीलाई अध्ययन अध्यापन गराइरहेको छ । सन् २०१० मा स्थापना भएको सो विश्वविद्यालयले विशेषगरी सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका विद्यार्थीलाई लक्षित गरी स्नातक, स्नातकोत्तर, दशनाचार्य र विद्यावारिधि तहसम्मको विद्यार्थी उत्पादन गरिरहेको कुलपति प्रा डा हेमराज पन्त बताउँछन ।

विश्वविद्यालयको १५ औँ स्थापना दिवसका उपलक्ष्यमा आज भीमदत्तनगर, कञ्चनपुरमा आयोजित कार्यक्रममा उपकुलपति प्रा डा पन्तले मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, कृषि, कानुन, वन र चिकित्सा शिक्षागरी १० वटा सङ्कायमा करिब २० हजार विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । विश्वविद्यालयमा करिब पाँच सय प्राज्ञिक जनशक्तिसहित सात सय कर्मचारी कार्यरत रहेको विश्वविद्यालयले जनाएको छ ।

सन् २०२१ देखि दर्शनाचार्य र विद्यावारिधि तहको शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको सो विश्वविद्यालयले बजारको मागलाई दृष्टिगतगरी प्राविधिक शिक्षालाई प्राथमिकता दिने नीति तथा कार्यक्रम रहेको जनाएको छ । शैक्षिक गुणस्तरका हिसाबले मुलुकको सर्वोत्कृष्ट विश्वविद्यालयका रुपमा स्थापित गर्न सम्बद्ध सबै क्रियाशील रहेको बताए ।

उनले अङ्गे्रजी विषयका विद्यावारिधि तहका शैक्षिक जनशक्तिले स्वदेश तथा विदेश समेतमा राम्रो काम गरिहेको उल्लेख गर्दै कानुन विषयसहित प्राविधिक धारतर्फको विदेशतर्फको सिक्दै-कमाउँदै शैक्षिक कार्यक्रमलाई आम विद्यार्थीले रुचाएका छन् भने । विश्वविद्यालयले समय र बजारको मागअनुसार पाठ्यक्रम तयारगरी व्यावहारिक एवं जीवनोपयोगी शिक्षामा जोड दिएको स्पष्ट गरेको छ ।

यसैगरी भारतको ‘इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी)सँग समन्वयगरी इञ्जिनियरिङतर्फको अब्बल जनशक्ति उत्पादन गर्नेगरी सम्झौता भएको विश्वविद्यालयले कानुन सङ्कायअन्तर्गत स्नातकतर्र्फ ‘बिएएलएलबी’ तहको शैक्षिक कार्यक्रमलाई विशेष प्राथमिकता दिइ दक्ष कानुन व्यवसायी उत्पादन गर्नेगरी शैक्षिक कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

समारोहमा प्रमुख राजनीतिक दलका नेताहरूले सुदूरपश्चिम प्रदेशको शैक्षिक धरोहरका रूपमा स्थापित विश्वविद्यालयमा दलीय राजनीति घुस्न नदिने प्रतिबद्धता व्यक्त गर्दै सर्वसुलभ एवं गुणस्तरीय शिक्षाका पक्षमा सदैव सहयोग र समर्थन रहने धारणा व्यक्त गरे ।

सो अवसरमा विश्वविद्यालयमा २५ वर्ष सेवा गर्ने ३० भन्दाबढी प्राध्यापक तथा कर्मचारीलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो । यसैगरी विश्वविद्यालयलाई उल्लेखनीय सहयोग पुर् याउने स्थानीय समाजसेवी डिल्लीराज लेखक र लीलाध्वज बस्नेतलाई कदरपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १२ : ३० बजे

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल

अमेरिकामा भीषण आँधी : ११ हजार ४ सयभन्दा बढी उडान रद्द

न्यासभिल । अमेरिकामा फैलिएको भीषण आँधीका कारण आइतबार देशभरि ११

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै

गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने पार्टी केन्द्रको निर्णय सबैले पालना गर्नुपर्छ : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३