१७ बैशाख २०८१, सोमबार | April 29, 2024

नेपालमा २५ हजार कोरोना संक्रमित पुग्दा एकसयको मृत्यु



काठमाडौं । थप पाँचजनाको मृत्यु भएसँगै नेपालमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या एक सय पुगेको छ । पछिल्लो २४ घण्टामा ज्यान गुमाउने संक्रमितमा बाराका दुई, मोरङ, सिरहा र धनुषाका एकएकजना पुरुष छन् ।

धनुषाका ५० वर्षीय पुरुषको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाका अनुसार ती संक्रमितलाई जनकपुर प्रदेश अस्पतालबाट काठमाडौं रेफर गरिएको थियो । उनको बिहीबार साँझ मृत्यु भएको हो । पछिल्लो एक सातायता नेपालमा दैनिकजसो चारपाँचजना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश १ र २ मा समुदायमै कोरोना संक्रमण फैलिन थालेपछि मृत्युदर बढेको तथ्यांकले देखाएको छ । काठमाडौं उपत्यकामा पनि संक्रमण दर वृद्धि भएको छ । नेपालमा गत जेठमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएको थियो । असारको अन्तिम सातासम्ममा मृत्युदर कुल संक्रमितमध्ये ०.२१ प्रतिशत रहेकोमा अहिले बढेर ०.३८ प्रतिशत पुगेको छ ।

सबैभन्दा बढी मृत्यु हुनेमा प्रदेश २ देखिएको छ । हालसम्म प्रदेश २ मा ४२ जना संक्रमितको मृत्यु भइसकेको छ । त्यसपछि वाग्मती प्रदेशमा १८, प्रदेश ५ मा १२, प्रदेश १ मा ९, सुदूरपश्चिममा ८, गण्डकीमा चार र कर्णालीमा चारजनाको मृत्यु भएको छ। पहिलो चरणमा भारतबाट आई क्वारेन्टिनमा रहेनहरूमा कोरोना पुष्टि भएको थियो । उनीहरू सबै युवा रहेकाले मृत्युदर कम भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेले बताए । उक्त समाचार आजकाे नागरिक दैनिकमा छापिएकाे छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ७ : ५७ बजे

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा

लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार

काठमाडौं । काठमाडौँमा हिजोदेखि सुरूभएको तेस्रो लगानी सम्मेलनमा नेपालले ‘लगानीमा

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण