५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नेपालमा २५ हजार कोरोना संक्रमित पुग्दा एकसयको मृत्यु



काठमाडौं । थप पाँचजनाको मृत्यु भएसँगै नेपालमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या एक सय पुगेको छ । पछिल्लो २४ घण्टामा ज्यान गुमाउने संक्रमितमा बाराका दुई, मोरङ, सिरहा र धनुषाका एकएकजना पुरुष छन् ।

धनुषाका ५० वर्षीय पुरुषको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाका अनुसार ती संक्रमितलाई जनकपुर प्रदेश अस्पतालबाट काठमाडौं रेफर गरिएको थियो । उनको बिहीबार साँझ मृत्यु भएको हो । पछिल्लो एक सातायता नेपालमा दैनिकजसो चारपाँचजना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश १ र २ मा समुदायमै कोरोना संक्रमण फैलिन थालेपछि मृत्युदर बढेको तथ्यांकले देखाएको छ । काठमाडौं उपत्यकामा पनि संक्रमण दर वृद्धि भएको छ । नेपालमा गत जेठमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएको थियो । असारको अन्तिम सातासम्ममा मृत्युदर कुल संक्रमितमध्ये ०.२१ प्रतिशत रहेकोमा अहिले बढेर ०.३८ प्रतिशत पुगेको छ ।

सबैभन्दा बढी मृत्यु हुनेमा प्रदेश २ देखिएको छ । हालसम्म प्रदेश २ मा ४२ जना संक्रमितको मृत्यु भइसकेको छ । त्यसपछि वाग्मती प्रदेशमा १८, प्रदेश ५ मा १२, प्रदेश १ मा ९, सुदूरपश्चिममा ८, गण्डकीमा चार र कर्णालीमा चारजनाको मृत्यु भएको छ। पहिलो चरणमा भारतबाट आई क्वारेन्टिनमा रहेनहरूमा कोरोना पुष्टि भएको थियो । उनीहरू सबै युवा रहेकाले मृत्युदर कम भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेले बताए । उक्त समाचार आजकाे नागरिक दैनिकमा छापिएकाे छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ७ : ५७ बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको