२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

भदौ ७ गतेसम्म कपिलवस्तुमा निषेधाज्ञा थप



कपिलवस्तु । कपिलवस्तु जिल्ला कोरोनाको उच्च जोखिममा रहेको भन्दै भदौ ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कोरोनाको उच्च जोखिममा रहेको भन्दै २७ साउनदेखि आज मध्यराति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

तर जोखिम अझै पनि कायम गरेको भन्दै भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारयाण पौडेलले जानकारी दिए ।

निषेधाज्ञा जारी भएपनि अति आवश्यक वस्तुहरु ढुवानी, खाद्यान्य, तरकारी, फलफुल, दूध, पेट्रोलियम पदार्थ, ग्याँस, औषधि पानी, दानाहरुका सवारी साधन भने चल्न दिइने उनले बताए ।

पछिल्लो समय समुदायस्तरमा कोरोना देखिएकाले निषेधाज्ञाको अवधिमा चिया पसल, खाजा घर, रेष्टरेन्ट, होटल, उद्योग धन्दा, कलकारखना, बैंकहरु बन्द गरेर सहयोग गर्न समेत उनले आग्रह गरे ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ४ : १६ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात