२ पुस २०८२, बुधबार | December 17, 2025

भदौ ७ गतेसम्म कपिलवस्तुमा निषेधाज्ञा थप



कपिलवस्तु । कपिलवस्तु जिल्ला कोरोनाको उच्च जोखिममा रहेको भन्दै भदौ ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कोरोनाको उच्च जोखिममा रहेको भन्दै २७ साउनदेखि आज मध्यराति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

तर जोखिम अझै पनि कायम गरेको भन्दै भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारयाण पौडेलले जानकारी दिए ।

निषेधाज्ञा जारी भएपनि अति आवश्यक वस्तुहरु ढुवानी, खाद्यान्य, तरकारी, फलफुल, दूध, पेट्रोलियम पदार्थ, ग्याँस, औषधि पानी, दानाहरुका सवारी साधन भने चल्न दिइने उनले बताए ।

पछिल्लो समय समुदायस्तरमा कोरोना देखिएकाले निषेधाज्ञाको अवधिमा चिया पसल, खाजा घर, रेष्टरेन्ट, होटल, उद्योग धन्दा, कलकारखना, बैंकहरु बन्द गरेर सहयोग गर्न समेत उनले आग्रह गरे ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ४ : १६ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको