३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै, यस्तो छ नेपालको प्लेइङ- ११



काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै घरेलु टोली क्यानडाले पहिला बलिङ गर्ने भएको छ ।

यस सिरिजमा लगातार दुई खेलमा हार बेहोरेर नेपाल दबाबमा रहेको छ । नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो ।

लिग( २ मा नेपालले अहिलेसम्म ५ खेलमा हार बेहोरेको छ र अंक तालिकामा सातौं स्थानमा छ । लगातारको हारपछि नेपाल जित्नै पर्ने दबाबमा आज क्यानडासँग खेल्दै छ ।

नेपाल र क्यानडाले अहिलेसम्म ४ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपालले ३ जित हासिल गरेको छ भने एक खेल क्यानडाले जितेको छ । त्यस्तै लिग-२ मा क्यानडाले भने अहिलेसम्म १० खेलमा ६ जित हासिल गरेको छ भने १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यस खेलमा खेल्ने प्लेइङ ११ मा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ९ : १३ बजे

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका