५ श्रावण २०८३, मंगलबार | July 21, 2026

काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि थप गर्न आग्रह



काठमाडौं । उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ ।

‘कन्ट्याक्ट ट्रेसिङ’ गरेका व्यक्तिको पीसीआर परीक्षण गर्न सूक्ष्म योजना बनाई तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राविधिक सहयोग र समन्वयमा कार्यान्वयन गर्ने निर्णय फोरमले गरेको छ । उपत्यका नगरपालिका फोरमको सोमबार बसेको उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख र उपप्रमुख सहितको बैठकले सो निर्णय गरेको हो ।

उपत्यकामा सङ्क्रमितको सम्पर्कमा रहेका २८ हजार ५ सय जनाको पीसीआर निषेधाज्ञाको अवधिभित्रै परीक्षण गर्ने निर्णय भएको फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । उनले कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको पीसीआर गर्नुपर्ने सङ्ख्या बढ्नसक्ने भएकाले बढेका व्यक्तिको उपत्यका नगरपालिकाले तालिका बनाएरै पीसीआर परीक्षण गर्ने बताए ।

काठमाडौं महानगरपालिकामा १५ हजार, ललितपुर महानगरमा २ हजार र बाँकी अन्य १६ वटा नगरपालिकामा कोरोना सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पीसीआर गर्ने योजना फोरमले बनाएको छ । उनका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबारबाटै १८ वटा पालिकामा ‘फोकल पर्सन’ तोक्ने छ ।

फोरमले उपत्यकाका सबै नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस अघिको बैठकले ९ भदौसम्म उपत्यकाका नगरपालिकाको सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

फोरमले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अवधि पुनः थप गर्न आग्रह गरेको छ । भारत बाहेकका अन्य मुलुकबाट नेपाल फर्कने नागरिकलाई तीनै तहको समन्वयमा क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार एकीकृत क्वारेन्टाइन सङ्घीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापन गर्नुपर्नेमा फोरमले जोड दिएको छ ।

नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकामा घना बस्ती भएकाले कुनै पनि बेला सङ्क्रमण जटिल अवस्थामा पुग्न सक्छ । अत्यन्त घना बस्ती रहेको सङ्घीय राजधानीमा कोरोना सङ्क्रमण समुदायमै फैलियो भने नियन्त्रण गर्न धेरै कठिन हुन्छ भने । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ६ : ५२ बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ