३ माघ २०८१, बिहिबार | January 16, 2025

राजधानी काठमाडौं विश्वको छैटौं प्रदूषित सहर



काठमाडौँ । राजधानी काठमाडौँ दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ । बिहीबार बिहान काठमाडौँ विश्वकै छैटौँ प्रदूषित सहर बनेको हो ।

आईक्यू एयरको बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँको एक्यूआई १ सय ७० रहेको छ । हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ ।

विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ ।

वातावरण विभागका अनुसार काठमाडौंको पनि खुमलटार क्षेत्र सबैभन्दा बढी प्रदूषित छ । खुमलटारको प्रदूषण १ सय ६९ एक्यूआई मापन गरिएको छ । त्यस्तै रत्नपार्क क्षेत्रको प्रदूषण १ सय ६५ र शंकरपार्कको प्रदूषण १ सय ६२ एक्यूआई मापन गरिएको छ ।

पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा कायम रहेको छ । त्यहाँको एक्यूआई ७०८ रहेको छ । यो निकै खतरनाक मानिन्छ । उता, भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ । त्यहाँ एक्यूआई ४२४ मापन गरिएको छ ।

चिसो बढेसँगै यी क्षेत्रमा वायु प्रदूषण गम्भीर तहमा पुग्ने गरेको छ । दिल्लीको प्रदूषण ४२३ मापन गरिएको छ । तेस्रो स्थानमा भियतनामको हानोई, चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका सहर छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  १० : ४४ बजे

हुम्लामा बाक्लो हिमपात

हुम्ला । जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात सुरु भएको छ

अफ्रिकाको सुन खानीमा फसेका २४६ को जीवितै उद्दार, ७८ शव निकालियो

जोहानेसवर्ग। दक्षिण अफ्रिकाको एक अबैध सुन खानीबाट तीन दिनको उद्धार

प्रधानमन्त्रीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन उद्घाटन

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान

प्रधानमन्त्री ओली पोखरामा

गण्डकी । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र

चितवन । भरतपुर महानगरपालिका-१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट