१९ बैशाख २०८३, शनिबार | May 2, 2026

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा. लामा द्वारा समापन



लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा गत आइतबार देखि आयोजना भएको ३३औँ शाक्य मोन्लम पूजा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ) द्वारा समापन गरिएको छ।

मंसिर २४ देखि लुम्बिनी विकास कोषको पहलमा आठ वर्ष सम्म लुम्बिनीमा रोकिएको मानव कल्याण र विश्व शान्तिको कामना सहितको शाक्य मोन्लम पूजा यस वर्ष देखि लुम्बिनीमा पुनः सुरु भएको हो ।

२५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा आठ वर्ष सम्म रोकिए पछि विश्व प्रसिद्ध बौद्ध धर्मगुरु ४१औं शाक्य गोङ्मा ठ्रिछेन रिन्पोछेलाई उपाध्यक्ष डा. लामाको पहलमा लुम्बिनी ल्याएर मोन्लम पूजाको शुभारम्भ भएको हो ।

समापन कार्यक्रममा उपाध्यक्ष डा. लामालाई द ग्रेट बुद्ध फाउन्डेसन द्वारा बुद्धको मुर्ति उपहार दिएर धन्यवाद व्यक्त गरिएको थियो भने लुम्बिनी विकास कोषका कर्मचारी, होटल व्यवसायी, सुरक्षाकर्मी सहित पुजामा सहयोग गर्ने सबैलाई शाक्य मोन्लम आयोजकद्वारा विशेष धन्यवाद दिएको छ ।

विगत आठ वर्षसम्म भारतको बोधगयमा हुँदै आइरहेको शाक्य मोन्लम पूजा लुम्बिनीमा आयोजना हुँदा विभिन्न मुलुकका लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीहरु सहित हजारौं भक्तजनहरु उपस्थित भएका थिए । विभिन्न मुलुकका लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीहरु सहित हजारौं भक्तजनहरुको लुम्बिनीमा भएको आगमनबाट आफुहरु उत्साहित भएको लुम्बिनीका होटल व्यवसायी तथा स्थानीयले बताएका छन् ।

भगवान बुद्धका उपदेशका पाठहरू गर्दै बोद्धिसत्व गरेकाहरूको स्मरणमा गरिएको पूजाको महायान परम्परामा निकै ठूलो महत्त्व रहेको हुन्छ । लुम्बिनी विकास कोषले मोन्लम जस्ता पूजाहरूलाई प्रोत्साहन गर्ने नीति लिएको कोषका कार्यकारी सदस्य श्याम रोक्काले बताए ।

गत वर्ष देखि लुम्बिनीलाई आध्यात्मिक धार्मिक वातावरण बनाउनको निम्ति विभिन्न संघ संस्थाहरुलाई मायादेवी मन्दिरमा मोन्लम पूजा गर्न आग्रह गर्दै आइरहेको कार्यकारी सदस्य रोक्का बताए ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ७ : ४७ बजे

अमेरिकासँग कुनैपनि समय पुनः युद्ध सुरु हुनसक्ने ईरानको चेतावनी

तेहरान । ईरानले कुनै पनि समय पुनः अमेरिकासँग युद्ध सुरु

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिका-१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन

‘ज्ञानको अहंकार’ नदेखाउन प्रधानमन्त्रीलाई रक्षा बमको सुझाव

काठमाडौं । जेन–जी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनताको