१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

‘भ्वाइस अफ बुटवल’को अडिसन राउण्ड सम्पन्न, बिहिबार सिन्धुली कलाघरको विशेष प्रस्तुती रहने



बुटवल । बुटवलमा बुधबारदेखि सुरु भएको औद्योगिक व्यापार मेला बुटवल २०८१ मा साँस्कृतिक कार्यक्रम अन्तरगत ‘भ्वाइस अफ बुटवल’को अडिसन राउण्ड सम्पन्न भएको छ । अडिसनमा १६ जना प्रतियोगी सहभागी भएको भएको साँस्कृतिक उपसमितिका संयोजक निर्मित कसजूले जानकारी दिए ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा जारी २४ औँ औद्योगिक व्यापार मेलाको अवसरमा आयोजित भ्वाइस अफ बुटवलका लागि गायक बसन्त श्रेष्ठ तथा नारायण थापाले निर्णायकको भूमिकामा रहेका छन् ।

अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुने महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको यो प्रतियोगिताको विजेताले नगद ५५ हजार ५५५ पुरस्कार राशीसहित विभिन्न आकर्षक गिफ्ट ह्यम्पसर तथा फर्स्ट रनरअपले ३० हजार ३३३ रुपैयाँ नगद राशीसहित विभिन्न गिफ्टह्याम्पर प्राप्त गर्ने संयोजक कसजूले जानकारी दिए । निर्णायकले प्रदान गर्ने अंक तथा अडियन्सको भोटिङका आधारमा विजेता छनोट गरिने उनले बताए ।

महोत्सवमा विहिबार सिन्धुली कलाघरको विशेष प्रस्तुती रहने साँस्कृतिक उपसमितिका सह संयोजक सुमन श्रेष्ठले जानकारी दिए । सिन्धुली कलाघरका कलाकारहरुले बन्चे बाजा लगायतका साँस्कृतिक नृत्यसहितका प्रस्तुतीहरु रहने उनले बताए । यसैगरी लोक तथा दोहोरी गायक शिव हमाल, गायक रामप्रसाद पाण्डे, गायिका सकुन्तला पाण्डे र कोपिला न्यौपानेको प्रस्तुती रहने श्रेष्ठले जानकारी दिए ।

यसैगरी द क्लाउन्स ब्याण्डको प्रस्तुती लगायतका साँस्कृतिक कार्यक्रमहरु रहेको सह संयोजक श्रेष्ठले जानकारी दिए । मेला अवधिभर लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, हास्यव्यङ्ग्य प्रतियोगिता, व्युटी फेयर, टिकटक लगायतका प्रतियोगिता गरिने श्रेष्ठले जानकारी दिए ।

१६ दिनसम्म सञ्चालन गरिने मेलामा ५ लाख बढीले अवलोकन गर्ने र मेला भित्र १५ करोड बढीको कारोवार हुने अनुमान गरिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताएका छन् ।

औद्योगिक उत्पादनको प्रवर्द्धन, कृषि, पर्यटनको प्रवर्द्धन तथा व्यबसायिकरणका लागि विशेष महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, व्यूटि, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाईल्स र होटलको छुट्टा छुट्टै १० वटा पेभिलिन रहेकाछन् । त्यसैगरी दुबई फिस टनेल सहितको बालउद्यान रहेको छ । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण हुने संघका महासचिव मुक्ति अधिकारीले जानकारी दिए ।

मेला अवलोकन गर्न आउने सर्वसाधारणका लागि ७० रुपैंया र विद्यार्थीका लागि ५० रुपैया टिकट शुल्क निर्धारण गरिएको छ । त्यस्तै जेष्ठ नागरिक, असहाय, अपांगता भएका व्यक्तिका लागि निःशुल्क टिकटको व्यवस्था मिलाईएको छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ७ : २७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले