१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

समिक्षाले बुटवल मेलामा दर्शकलाई नचाईन



बुटवल । ‘धनगढीको बसमा, आउँदा मलाई ल्याईदिनु चट्ट कालो चस्मा…, ‘कस्तो जोड जुराईदियौ धन्य प्रभु धन्य…’ गायिका समिक्षा अधिकारीले यी गित गाईरहँदा दर्शक दिर्घाबाट पाएको साथले उनलाई थप हौसला बढायो । शुक्रबार औद्योगिक व्यापार मेला बुटवल २०८१ मा आएकी गायिक समिक्षाले आफूले गाएका धेरै गित गाएर दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिन् ।

मेलामा समिक्षा आउने भएपछि दर्शकको पनि भिड बढेको थियो । समिक्षाले गित गाईरहँदा दर्शक उनको गितसंगै नाचेर, गाएर, हुटिङ् गरेर साथ दिएका थिए । मेलामा दर्शकको भिडले आयोजकलाई पनि फुक्र्याएको थियो ।

बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवल मण्डपमा भएको औद्योगिक व्यापार मेलामा शुक्रबार समिक्षा सहित लालमायाँ थापा, सम्झना रणपाल, श्रीकृष्ण अर्याल, भुवन अधिकारी मिसन मगर लगायतका कलाकारको प्रस्तुती रहेको थियो ।

यहि पुसको १८ गतेसम्म चल्ने मेलामा भोलि शनिबार लोक तथा दोहोरी गायक पशुपती शर्मा, प्रचण्ड जिसी, चेतना थापा, रितु थापा, डान्सर परि क्षेत्री संगै स्थानीय अरोक्ष ब्राण्डको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजुले जानकारी गराए ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ८ : ०८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले