१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बुटवल मेलामा दिपक बज्राचार्य एण्ड रिदम व्याण्डको धमकेदार प्रस्तुती (फोटो फिचरसहित)



बुटवल । बुटवलकाे औद्योगिक व्यापार मेलामा दीपक बज्राचार्य एण्ड द रिदम व्याण्डकाे धमकेदार प्रस्तुती रह्याे । मेलामा शुक्रबार दीपक बज्राचार्य र उनकाे द रिदम व्याण्डकाे प्रस्तुतीले बुटवलकाे चिसाेलाई ताताे बनायाे ।

 

मेलामा स्टेज चढेसंगै दर्शककाे हुटिङ् र तालीकाे साथ पाएका बहुचर्चित गायक दीपकले गायन करियरकाे सुरुदेखिका गित गायर दर्शकलाई पनि भरपुर मनाेरञ्जन प्रदान गरे । दीपक र उनकाे द रिदम व्याण्डले हजाराैं दर्शकले भरिभराउ बुटवल मण्डपकाे शन्ध्याकालिन साँझलाई संगितमय बनाएकाे थियाे ।

त्यस अवसरमा उनले म कुनै रितु हाेईन, कालिकालि हिस्सी परेकी लगायतका थुप्रै गित गाए । शुक्रबार मेलामा दीपक बज्राचार्य एण्ड द रिदम व्याण्ड सहित लोक तथा दोहोरी गायिका सर्मिला विसी, विन्दु परियार, रामेश्वर ढकाल लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।

 

त्यस्तैगरी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, खुला लोक दोहोरी गित प्रतियोगिता र भ्वाईस अफ बुटवल, डान्स च्याम्स अफ बुटवल प्रतियोगिता भएका छन् ।

 

त्यसैगरी भोली (शनिबार) लोक तथा दोहोरी गायिका शान्ति श्री परियार, दामोदर बस्याल, शिलु भट्टराई, योगराज पोखरेल, गणेश अधिकारी, हास्य कलाकार कमल भट्टराई र विजय बमरेल तथा डान्सर निष्ठा पुन र मनिसा बस्यालको प्रस्तुती रहनेछ ।

त्यस्तै खुला लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता तथा भ्वाईस अफ बुटवल लगायतका प्रतियोगिता हुने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराए ।

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित यहि पुसको ३ देखि १८ गतेसम्म सञ्चालन हुने मेलामा ५ सय स्टल छन् । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम भईरहेको मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचार प्रसार उपसमितिका संयोजक दीपक चापागाईले जानकारी गराए ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ९ : २६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले