२० मंसिर २०८२, शनिबार | December 6, 2025

दक्षिण कोरियाका पुर्व राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी



सियोल । दक्षिण कोरियाका पुर्व राष्ट्रपति युन सुक योल विरुद्ध पक्राउ पुर्जि जारी भएको छ । दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्व राष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

युनले गत डिसेम्बर ३ मा लगाएको मार्सल लका कारण यो वारेन्ट जारी गरिएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

पूर्व राष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा अप्रत्याशित रूपमा मार्सल ल लगाएका थिए । यसको चर्को विरोध मात्रै भएन, संसदले केही घन्टामा नै उनको सो कदम माथी रोक लगाएको थियो ।

संसदले रोक लगाएको ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता लिएको उनले घोषणा गरेका थिए । सो क्रम यसै रोकिएन र संसदले दोस्रो पटकमा बहुमतका साथ युनविरुद्ध महाभियोग प्रस्ताव पारित गरेर राष्ट्रपतिबाट निलम्बन गरेको थियो ।

युनको मार्शल ल लागू गर्ने निर्णयको विरुद्ध अनुसन्धान भइरहेको छ । उनलाई विद्रोह र देशद्रोहको आरोप लगाइएको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १ : १८ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति