४ पुस २०८२, शुक्रबार | December 20, 2025

थ्रेसहोल्ड बढाएर ल्याउन खोजिएको दुई दलीय तानाशाही स्वीकार्य छैन : सीके राउत



काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले निर्वाचनमा थ्रेसहोल्ड बढाउने षड्यन्त्र आफुहरुलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष राउतले थ्रेसहोल्डमार्फत नेपालमा दुई दलीय तानाशाही लाद्न खोजिएको जिकिर गर्दै त्यस्तो व्यवस्था नेपाललाई नचाहिएको बताएका छन्। उनले यसविरुद्ध संघर्ष गर्न तयार रहेको स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘६-७ लाख गर्दै दशौंलाख (३०-४० लाख) जनताको मतलाई ‘खारेज’ गर्ने र सो हिस्सा चोर बाटोले ठूला पार्टीमा जोड्ने निर्वाचन थ्रिसोल्डको प्रावधान आमजनतालाई स्वीकार्य हुन सक्दैन। हामी संघर्षका लागि तैयार छौं। दुई दलीय तानाशाही नेपाललाई चाहिएको छैन।’

राउतले धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतायुक्त देशमा सानो समूहको आवाज उठ्न नदिने गरी निर्वाचन कानुन संशोधन गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले लेखेका छन् :
‘नेपाल जस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतापूर्ण देशमा सानोभन्दा सानो समूहको आवाजको पनि प्रतिनिधित्व सदनमा हुनुपर्दछ ताकि उनीहरूले कम्तिमा आफ्ना समस्या सदनमा राख्न पाऊन्,’ उनले भनेका छन्, ‘कुनै ऐन–कानुन बन्दा आफूलाई प्रभावित कसरी गर्ने भन्ने कुरा सदनलाई बताउन सकोस्। त्यसका विपरीत ६–७ लाख गर्दै दसौं लाख (३०–४० लाख) जनताको मतलाई ‘खारेज’ गर्ने र त्यसको हिस्सा ठूला पार्टीमा चोर बाटोले जोड्ने निर्वाचन थ्रेस होल्डको प्रावधान आम जनतालाई स्वीकार्य हुन सक्दैन। हामी संघर्षका लागि तयार छौं। दुई दलीय तानाशाही नेपाललाई चाहिएको छैन।’

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  १० : २४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको