१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबलको उपाधी आर्मीलाई



बुटवल । विभागिय टिम त्रिभुवन आर्मी क्लबले बुटवलमा आयोजित मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप-२०८१ को उपाधी जितेको छ । अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई बिहीवार ३-२ को सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

आर्मीले जीतसँगै नगद ७ लाख रुपैयाँ शील्ड र ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो रनरअपमा चित्त बुझाएको छ । पुलिसले ३ लाख ५० हजार रुपैयाँ नगदसहित शील्ड प्राप्त गरेको छ । प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब तृतीय भएको छ ।

भारतीय गुजरात स्टेट भलिबल क्लबले डिफल्ट गरेपछि मणिमुकुन्द तृतीय स्थान पाएको हो । तृतीय भएसँगै मणिमुकुन्दले एक लाख ७५ हजार रुपैयाँ नगद र मेडल प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा भारतीय गुजरात स्टेट भलिबल क्लबले १ लाख रुपैयाँ नगदसहितको सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

त्रिभुवन आर्मीका दानबहादुर भट्ट क्षेत्री उत्कृष्ठ खेलाडी बने । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । बेष्ट कोच त्रिभुवन आर्मीका लोकबहादुर बुढा बेष्ट लिबेरो त्रिभुवन आर्मीकै इश्वर थापा र बेष्ट सेटर समेत त्रिभुवन आर्मीकै दुर्गाप्रसाद महतो भए । यस्तै नेपाल पुलिस क्लबबाट बेष्ट आउट साइडर सन्जु विक्रम शाह, बेष्ट अपोजिट प्लेयर रविन चन्द र बेष्ट मिडल बलर रविन नगरकोटी भए ।

मदन भण्डारी स्पोटर्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप आयोजना गरेको थियो । पुस १७ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतसहित ८ टिमको सहभागिता थियो ।

प्रतियोगिताका विजेता टिमलाई मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रर्व मुख्यमन्त्री एवं एमाले पोलिटव्युरो सदस्य लीला गिरी, एमाले पोलिटव्युरो सदस्य दधिराम न्यौपाने लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवं हालका सांसद विष्णु पन्थी, एमाले लुम्बिनी प्रदेशका कार्यालय सचिव कृष्ण खनाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ६ : ४३ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले