७ आश्विन २०८३, बुधबार | September 23, 2026

अहिले विकास हैन जनतालाई उपचार र राहत चाहिएको छ : काँग्रेस नेता रिजाल



वीरगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले कोरोना अहिले विकास भन्दा जनताको स्वास्थ्य प्रमुख विषय भएको बताएका छन् ।

बिहिवार स्थानीय पत्रकारहरूसँग कुरा गर्दै कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले भाइरसको संक्रमणबाट बचाउनका लागि सरकारले विकासे बजेट नभै जनता बचाउने बजेट ल्याउनुपर्ने बताए ।

रिजालले कोरोना भाइरसको संक्रमणको बेला अहिले जनतालाई औषधि, उपचार र राहत चाहिएको बताए ।

वीरगन्जमा साधारण बिमारी भएका ५/६ जना मानिसलाई कुनै अस्पतालले उपचार नगरेपछि एक अस्पतालबाट अर्को अस्पताल चहार्दै ज्यान गुमाउनु परेकोमा उनले आक्रोश पोख्दै भने, ‘त्यसैले अहिले जनतालाई उपचार मात्रै चाहिएको छ ।’

कम्युनिष्ट नेताहरू यस्तो माहामारीको समयमा पनि सत्ता र कुर्सीको लोभमा पर्नु लज्जाजनक भएको नेता रिजालको टिप्पणी थियो ।

कांग्रेस नेता रिजालले निषेधाज्ञा र लकडाउनबाट समस्यामा परेका गरिब, अति विपन्न र मजदुरहरूलाई दुई छाक खाना खान समेत समस्या भएको भन्दै उनीहरूलाई सरकारले अबिलम्ब राहत दिनुपर्ने माग गरे ।

उनले साना ठूला उद्योगी व्यवसायीको ब्यापारी व्याज, कर्जा र कर मिनाहा गर्नुपर्ने माग पनि राखे ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ८ : ३८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज