२१ बैशाख २०८३, सोमबार | May 4, 2026

नेपालगन्जमा नेवाः संस्कार अनुसार सामूहिक ईही र क्येटा पूजा सम्पन्न



नेपालगन्ज । नेपालगन्जमा नेवाः समुदायको संस्कार अनुसार आज विधिवत रुपमा बालिकाहरुको सामूहिक ईही (बेल विवाह) र बालकहरुका लागि सामूहिक क्येटा पूजा (ब्रतवन्ध तथा उपनयन संस्कार) कार्यक्रम सम्पन्न भएको छ । नेवाः पुचः बाँकेको आयोजनामा विगतका वर्षहरुमा झैं यस वर्ष बसन्त पञ्चामीको अवसर पारेर आइतवार र सोमवारका दिन पश्चिम नेपालकै प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा ईही र क्येटा पूजा कार्य सम्पन्न गरिएको हो ।

बाँके जिल्लामा बसोबास गर्ने नेवार समुदायको साझा तथा छाता संगठन नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्र कुमार जोशी र चन्द्र बहादु श्रेष्ठको संयोजनमा आयोजना गरिएको नेवाः समुदायको अनिवार्य संस्कार मानिने पूजालाई विधिवत रुपमा आइतवार शुरु गरी आज (सोमवार) सम्पन्न गरिएको नेवाः पुच बाँकेले जनाएको छ । बालिकाहरुको सामूहिक ईही (बेल विवाह) मा बाँके, बर्दिया, सुर्खेत, दैलेख र काठमाडौका १२ जना बालिकाहरुको सहभागिता रहेको थियो ।

त्यसैगरि हिन्दू धर्मावलम्वीहरुको अनिवार्य संस्कारको रुपमा मानिने संस्कार बालकहरुका लागि सामूहिक क्उेटा पूजा (ब्रतवन्ध तथा उपनयन संस्कार) कार्यक्रममा ७ जना बालकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा करीब तीन सय जनाको उपस्थिति रहेको थियो ।

नेवाः पुचः बाँकेका अध्यक्ष जोशीका अनुसार नेवाः देय् दवू बाँके जिल्ला शाखा र नगर कमिटी, मिसाः देय् दवूः, भृकुटीनगर गुठी, झिगु नेवाः गुठी घरवारी टोल, कारकाँदो गुठी, राँझा गुठी, भीमसेन गुठी कोहलपुर लगायतको सहकार्यमा सम्पन्न सो कार्यक्रममा काठमाडौंबाट आएका नेवाः व्राम्हण मूल गुरु विजय राजोपाध्याय र अर्का गुरु विरु राजोपाध्यायबाट दुई दिनसम्म नेवारी संकार र परम्परा अनुसार विधिवत रुपमा पूजा कार्य गरिएको थियो । मूल गुरु विजय राजोपाध्याय नेवाः देय् दवूका केन्द्रीय सचिव हुन् ।

नेवाः पुचः बाँकेका पार्षद् पूर्ण लाल चुकेले नेवार समुदायमा अनिवार्य संस्कारको रुपमा लिइने सामूहिक ईही (बेल विवाह) र बालकहरुका लागि सामूहिक क्येटा पूजा (ब्रतवन्ध तथा उपनयन संस्कार) का लागि यस भेगमा विधिवत पूजा गर्ने पुजारी नपाइने भएकोले काठमाडौं, बुटवल, पाल्पामा जानुपर्ने वाध्यता भएकोमा नेवाः पुचःले नेपालगन्जमा यसरी सामुहिक कार्यक्रमको आयोजना गर्न थालेपछि सबैलाई सहज भएको बताए ।

वरिष्ठ पत्रकार नेवाः पुचः बाँकेका पार्षद् चुकेले भने,– नेपालमा बसोबास गर्ने विभिन्न जातजातिहरू मध्ये पृथक र विशिष्ठ खालका संस्कृति, संस्कार रहेको नेवाः जातिको ‘नेवार’ शब्दको अर्थ ‘नेपालका बासिन्दा’ भन्ने हुनाले नेपाल देशसँग पनि यस जातिको प्रत्येक्ष परोक्ष सम्बन्ध रहेको छ । नेवार जातिको आफ्नै भाषा, लिपि, सम्वत्, संस्कार र संस्कृतिहरू छन् भने व्राम्हणदेखि सरसफाई गर्ने (स्वीपर) अलग अलग जातिहरु छन् ।ु

उल्लेखनीय छ, सात वर्ष भएपछि वा मासिक धर्म सुरुहुनु पूर्व बालिकाको बेललाई साक्षी राखेर सिन्दूर हालिने बेलविवाह संस्कार (ईही) संस्कार प्राचीनकालदेखि चली आएकोछ । नेवारी भाषामा ‘ईही’ को अर्थ ‘विवाह’ हो । यो संस्कारले नेवार महिलाहरु कहिल्यै विधवा नहुने मान्यता स्थापित गरेको छ ।

ईही एउटा समारोह हो, जसमा किशोरावस्थाका वालिकाहरूलाई भगवान विष्णुको प्रतीक सुवर्ण कुमारसँग “विवाह“ गरिन्छ । त्यसैले विवाहित महिलाको श्रीमानको मृत्यु भएमा विष्णुसँग विवाह गरिसकेकी हुनाले विधवा मानिँदैन र यसरी पहिलेदेखि नै पति जीवित रहेको विश्वास गरिन्छ ।
त्यसैगरि नेवार समुदायका बालक अर्थात् बटुकका लागि गरिने अनिवार्य संस्कार व्रतबन्धलाई ‘क्येटा पूजा’ भनिन्छ । ‘क्येटा’ को अर्थ लगौँटी हुन्छ । लगौँटीलाई विधिवत् पूजा गरेर बटुक अर्थात् बालकलाई लाज छोप्न सिकाइन्छ । बालकका फुपूहरूले सात टुक्रा कपडा जोडेर सिलाएको लगौँटीले सातै लोकमा आफ्नो लाज जोगाउनु भन्ने सन्देश दिन खोजेको बिश्वास रहँदै आएको छ । यो संस्कारमा बालकको मामा र फुपुको प्रमुख भूमिका रहेको हुन्छ ।

नेवार समुदायमा व्रतबन्ध क्येटा पूजा) को बारेमा ऋग्वेद (ब्रम्ह गायत्री मन्त्र) र ऋग्वेद (शिव गायत्री मन्त्र) मा उल्लेख भए अनुसार नेवारहरूले ब्रह्मचर्यको अनुष्ठान पालनको रूपमा क्येटा पूजा भनिने उपनयन समारोह गर्छन्, यो जीवनको परम्परागत चार चरणहरूमा पहिलो चरण हो । अनुष्ठानको समयमा, जवान केटाले ब्रह्मचारी धार्मिक जीवनको लागि परिवार र वंश त्याग्छ । उसको टाउको माथिको टुप्पी बाहेक पूरै खौरिइन्छ, उसले पहेँलो÷सुन्तला रंगको लुगा लगाउनु पर्छ, उसले आफ्ना आफन्तहरूबाट चामल मागेर संसारमा घुम्न तयार हुनुपर्छ । यो तपस्वी आदर्शलाई प्रतीकात्मक रूपमा पूरा गरिसकेपछि, उसलाई आफ्नो परिवारले घरधनीको जीवन, पति र पिताको रूपमा अन्तिम कर्तव्य ग्रहण गर्न फिर्ता बोलाउन सक्छ । दुई पटक जन्मेका (ब्राह्मण र क्षेत्रीय) नेवारहरू राजोपाध्याय र छ थरिया नेवार ब्राह्मणहरूले थप रूपमा उपनयन दीक्षा गर्छन् जहाँ केटाले आफ्नो जनै (संस्कृतः यज्ञोपवित) र गुप्त वैदिक मन्त्रहरू प्राप्त गर्दछन् । त्यसपछि केटालाई पूर्ण रूपमा द्विजको रूपमा आफ्नो जातिय हैसियतमा सम्मिलित गरिन्छ र अबदेखि सबै सामान्य नियमहरू र अन्य जातीय दायित्वहरू पालन गर्ने दायित्व तथा कर्म चलेको मानिन्छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ८ : ५१ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,