खजुरा । बाँके खजुराका स्थानीयबासीले नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फाराकिलो बनाउन माग गर्दै हुलाकी सडक निर्देशनालय, योजना कार्यालय नेपालगन्जको ध्यानाकर्षण गराएका छन् । ठेक्का सम्झौता भएर हाल निर्माणाधीन अवस्थामा रहेको खजुरा बजार खण्डको १८०० मिटर सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले योजना कार्यालयमा पुगेर हस्ताक्षर बुझाएका छन् ।
खजुरा बजार क्षेत्र सूरुहुनु अघि र खजुरा बजार क्षेत्र सकिए लगत्तै दुबैतर्फ ४ लेन सडक सहित फराकिलो सडक निर्माण सम्पन्न हुँदा बजार क्षेत्रमा साँघुरो र अब्यवस्थित सडक जिर्ण अवस्थामा रहेको उनीहरुले बुझाएको माग पत्रमा उल्लेख छ । साँघुरो सडकलाई जारी ठेक्कामा नै समावेश गरि फाराकिलो बनाउन खजुराबासीको माग रहेको छ ।
‘साबिक सडकको दुबैतर्फ रहेको फुटपाथ ढल/नालाबाट सडक तर्फ निर्माण भएको र नयाँ ठेक्का लागेको भागमा समेत सोही बमोजिम ठेक्का लागेका कारण सडक साँघुरो भइ दिनहुँ सडक दुर्घटना हुने सम्भावना देखिएको छ । अतः सो फुटपाथलाई ढल/नालाको पछाडी स्थानान्तर गरि सडकको दुबै तर्फ १–१ मिटर चौडा बढाएर कालोपत्रे गर्ने व्यवस्था मिलाईदिन आग्रह गर्दछौं ।’ ध्यानाकर्षण पत्रमा लेखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेताहरुको अगुवाईमा संकलन गरिएको हस्ताक्षर हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, नेपालगन्जका योजना प्रमुख लीलाबहादुर भण्डारीलाई हस्तान्तरण गरिएको छ । संकलित हस्ताक्षर योजना प्रख भण्डारीलाई बुझाउँदै रास्वपा खजुरा गाँउा पालिका सभापति अकबरअलि बेहेनाले हाललाई सडक किनारमा रहेको फुटपाथलाई ढलदेखि पछाडी सारेर दुबै तर्फ १(१ मीटर सडक पmराकिलो बनाएर कालोपत्रे गर्न आग्रह गरे । उनले फुटपाथ पछाडी सार्दा बनेका अस्थायी संरचना हटाउन खजुराबासीले मञ्जुरी दिएर हस्ताक्षर गरिदिएको उल्लेख गर्दै योजना कार्यालयबाट जारी स्तरोन्नतकिो कार्यावधिमै समावेश हुनेगरि सडक चौडा बनाउने व्यवस्था गर्न आग्रह गरे ।
स्थानीयबासीले स्वस्फुर्त हस्ताक्षर गरिदिएको उल्लेख गर्दै रास्वपा खजुरा वडा नम्बर ३ का वडा सभापति अच्युतकृष्ण केसीले हुलाकी राजमार्गले बनाउने सडक गुणस्तरिय हुनेकुरामा आफुहरु बिश्वस्त रहेको बताए ।
सडक डिभिजन अन्तर्गत यसअघि निर्माणका क्रममा सडकको मापदण्ड घटाएर तत्कालिन दलहरुको सरकारले खजुराबासीमाथि अन्याय गरेको बताउँदै रास्वपाका नेता देवेन्द्र शुक्लाले रास्वपाले तत्काल सडकको मापदण्ड परिवर्तन गर्न नभ्याएपनि सडक फराकिलो बनाउन केन्द्रदेखि नै पहल गर्ने बताए ।
प्रतिनिधि मण्डललाई संबोधन गर्दै योजना प्रमुख भण्डारीले जनताबाट आएको हस्ताक्षर सहितको मागलाई आफुले निर्देशनालयमा पठाउने र निर्देशनालयको निर्देशन बमोजिम माग सम्बोधन हुने विश्वास दिलाए । उनले डिभिजन सडकले यसअघि बनाएको सडकको विवाद निरुपणको चरणमा रहेको उल्लेख गर्दै भण्डारीले विवाद निरुपण संगै माग बमोजिम सडक फाराकिलो बनाउन सकिने बताए । उनले नयाँ बन्दै गरेको भागलाई फराकिलो बनाउन आफुले तत्काल पहल गर्ने प्रतिबद्धता जनाउँदै पहिल्यै बनिसकेको संरचना हटाउने र थप नयाँ कालोपत्रे बनाउने विषयमा प्रक्रिया अगाडी बढाईने जानकारी दिए ।
सडक डिभिजनले यसअघि ठेक्का लगाएको सो सडक निर्माणको जिम्मा पाएको गजुरमुखी निर्माण सेवाले गुणस्तरहिन सडक निर्माण गरेका कारण खजुराबासीले २०७४ साल देखि सास्ती खेपिरहेका छन् ।
बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । कम्तीमा ५ पटक म्याद थप भए पनि काम सन्तोषजनकरूपमा अघि बढ्न नसकेपछि ठेक्का सम्झौता खारेज गरिएको थियो ।
हाल हुलाकी राजमार्ग निर्देशनालयको जिम्मामा पुगेको सो सडक खण्डमा स्तरोन्नतीको काम भइरहेको छ । कुल १८०० मिटर सडकमा ५ सेन्टिमिटर मोटाईको अक्सफाल्ड कालोपत्रे रहनेगरि मैटहवा(एनएटी(स्टेटलाईट जेभीले ७ करोड १ हजार ६९ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । आगामी असार २२ गते सम्पन्न गर्ने गरि समयसीमा तोकिएको योजना प्रमुख भण्डारीले बताए ।
हुलाकी राजमार्ग निर्माण भएसँगै नेपालगन्जबाट धनगढी, टिकापुर र महेन्द्रनगर यात्रा गर्ने यात्रुहरुले हुलाकी राजमार्ग प्रयोग गर्न थालेका छन् । साबिक पूर्वपश्चिम राजमार्ग प्रयोग गर्दा निकुञ्जको टाइम कार्ड, जनावरको असुरक्षा र लामो दूरी पर्ने भएको भन्दै यात्रुहरुको रोजाई हुलाकी राजमार्ग हुने गरेको छ ।
ध्यानाकर्षणपत्र बुझाउन रास्वपाका नेता कृष्णबहादुर केसी, विजय गुरुङ, हरिप्रकाश बि लगायत खजुराबासीको उपस्थिती रहेको थियो ।




















प्रतिक्रिया