५ श्रावण २०८३, मंगलबार | July 22, 2026

पर्सामा वन जोगाउनै मुस्किल



वीरगञ्ज । पर्सा जिल्लामा तीन साझेदारी वन र त्यसको आसपासको क्षेत्रमा गरेर चार सय ६८ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । डिभिजन वन कार्यालय पर्साका अनुसार जिल्लामा ठोरी, गादीमाई, विन्ध्वासिनी, सबैया साझेदारी वन क्षेत्र बढी अतिक्रमणमा परेको छ ।

डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत मञ्जुर अहमदले जिल्लाको ठूलो जनसङ्ख्याको लागि काठको अत्यधिक माग र कमजोर वन प्रशासनको फाइदा लिँदै तस्करबाट वन फँडानीका कारण पनि वन अतिक्रमण गर्ने प्रवृत्ति देखिएको जानकारी दिए ।

‘‘डिभिजन वन कार्यालयसँग दरबन्दी अनुसारको कर्मचारी पनि छैनन् । जसको कारणले सीमित जनशक्तिको कारणले पनि पर्याप्त मात्रामा अनुगमन र रेखदेख गर्न पनि समस्या भएको छ,’’ उनले भने, ‘‘कार्यालयमा एक सय कर्मचारीको दरबन्दी भए पनि अहिले ५३ जना कर्मचारी मात्रै रहेका छौंँ । सीमित स्रोतसाधन र जनशक्तिकोबीच काम गरिरहेका छौँ ।’’

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, २०८० को प्रतिवेदन अनुसार पर्सा जिल्लामा सबैभन्दा धेरै वन अतिक्रमण परेको क्षेत्रमा ठोरी ४ बाराहनदीदेखि पश्चिम क्षेत्र पर्दछ । जहाँ दुई सय हेक्टर वन अतिक्रमणमा परेको छ । गादीमाई साझेदारी वन क्षेत्र १६७ दशमलव ६८ हेक्टर अतिक्रमणमा परेको छ ।

सखुवाप्रसौनी साझेदारी वन ३३ दशमलव २ हेक्टर, सबैया साझेदारी वन २२ दशमलव २३ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । त्यस्तै, विन्ध्वासिनी साझेदारी वन १२ दशमलव ६ हेक्टर अतिक्रमणमा परेको कार्यालयले जनाएको छ । डिभिवन वन अधिकृत अहमदले साझेदारी तथा अन्य वन जोगाउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

‘‘अहिले त वन जोगाउने काम डिभिजन वन कार्यालयको मात्रै भन्ने भाष्य निर्माण भइरहेको छ,’’ उनले भने, ‘‘वन जङ्गल जोगाउनका लािग सबै हातेमालो गरेर अघि बढ्न जरुरी भइसकेको छ ।’’ कार्यालयका अनुसार जिल्लामा सार्वजनिक विद्यालय, मठमन्दिर, प्रहरी, सेनाका ब्यारेक, सडक आदी भौतिक पूर्वाधार निर्माणमा समेत वनक्षेत्रको केही भाग अतिक्रमण गरेर पूर्वाधार लगायतका संरचना पनि निर्माण गरिएको छ ।

कार्यालयसँग पर्याप्त जनशक्ति नहुँदा पनि नियमित रूपमा वन अनुगमन र निरीक्षण गर्न समस्या भइरहेको छ । पर्सामा ११ हजार पाँच सय ७५ हेक्टर वनक्षेत्र छ । पर्सामा चारवटा सामुदायिक वन र तीनवटा साझेदारी वन रहेका छन् । यहाँको वनमा साल, खयर, मसला, टिक, सिमल, सिसो, जामुनलगायत प्रजातिका रुख छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ९ : ५४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं