१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नवलपरासीका किसान चैते धान रोप्न व्यस्त



नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते९हिउँदे० धान लगाउन व्यस्त छन्  । दुईबाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ भएको छ ।

मकै भन्दा धान राम्रो उत्पादन हुने र दुईबाली धान लगाउँदा एक बालीको धान बिक्री गरेर आम्दानी गर्न सकिने, हुँदा किसान यसतर्फ आकर्षित भएका हुन् । विगत चार वर्षदेखि जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा चैते धान खेतीको ब्लक क्षेत्र छुट्ट्याएर खेती लगाइएको कृषि ज्ञान केन्द्र नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रमुख कुलप्रसाद तिवारीले बताए ।

“जिल्लाको कावासोती नगरपालिका-८ देखि १७, गैँडाकोट नगरपालिका-१०, ११, १२ र १३, देवचुली नगरपालिका-१७, मध्यविन्दु नगरपालिका-२ र ३, विनयी त्रिवेणी गाउँपालिका-१ र ५, बुलिङटार गाउँपालिका-३ र बौदीकाली गाउँपालिका-४ मा हिउँदे धान खेती हुने गरेको छ”, उनले भने ।

कृषि ज्ञान केन्द्रले चैते धान उत्पादन हुने सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गरी किसानलाई प्रोत्साहन गर्दै आएको छ । पकेट क्षेत्र लागूभएका स्थानमा किसानको लागत सहभागितामा सिँचाइ, बीउ, यान्त्रिकिकरण लगायतमा ७५ प्रतिशत अनुदान दिने गरेको प्रमुख तिवारीले जानकारी दिए ।

चैते धान प्रवद्र्धनका लागि चालु आवमा कृषि ज्ञान केन्द्रमार्फत रु एक करोड १० लाख बजेट विनियोजन गरी कार्यक्रम गरिएको छ । बर्खे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएकाले पनि चैते धानतर्फ किसानको आकर्षण बढेको प्रमुख तिवारीले बताए ।

“गत वर्ष जिल्लामा एक हजार ५३ हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदा छ हजार दुई सय ४५ मेट्रिक टन धान उत्पादन भएको थियो”, उनले भने, “यो वर्ष थप ४० हेक्टरमा विस्तार हुने अनुमान गरेका छौँ ।” बर्खे धान प्रतिहेक्टर तीन टनभन्दा बढी उत्पादन हुनेमा चैते धान प्रतिहेक्टर तीनदेखि चार टनसम्म उत्पादन हुने प्रमुख तिवारीले जानकारी दिए ।

“चैते धानमा रोग तथा कीरा पनि कम लाग्ने भएकाले किसानका लागि यो राम्रो मानिन्छ ”, उनले भने, “जिल्लामा विशेष गरी चैते-५ र हर्दिनाथ-१ जातको चैते धान रोप्ने गरिन्छ ।”

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ७ : १६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले