१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

एनआएएनएको अमेरिका क्षेत्रीय विज्ञ सम्मेलनको उद्घाटन परराष्ट्रमन्त्री ज्ञवालीले गर्ने



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रीय विज्ञ सम्मेलन शनिवार देखि सुरु हुदैंछ ।

तीन दिनसम्म चल्ने सम्मेलनको उद्धघाटन परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले गर्ने कार्यक्रम तय भएको गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक राजन त्रिपाठीले जानकारी दिएका छन् ।

कोरोना संक्रमणका कारण सो सम्मेलन जुम प्रविधीद्धारा आयोजना हुने गैरआवासीय नेपाली संघले जनाएको छ । यसअघि सो सम्मेलन फेस टु फेस क्यानाडामा गर्ने घोषणा गरिएको थियो ।

सम्मेलनलाई विषेश अतिथिहरुमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, क्यानाडाका लागि राजदूत भृगु ढुंगाना र नेपाली काँग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री बालकृष्ण खाँण, संघका पूर्वअध्यक्षद्धय जीवा लामिछाने, भवन भट्ट लगायतले सम्वोधन गर्ने भएका छन् ।

क्षेत्रीय सम्मेलन गैरआवासीय नेपाली संघको आगामी महिना हुने विश्वव्यापी विज्ञ सम्मेलनक तयारी स्वरुप आयोजना गरिएको गैर आवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले जनाए ।

सम्मेलनमा कृषि, विज्ञान प्रविधी, पुर्वाधार विकास, सार्वजनिक स्वास्थ्य, इनर्जी, शिक्षा लगायतका क्षेत्रमा कार्यरत विज्ञहरुले आआफ्ना कार्यपत्र प्रस्तुत गर्ने छन् ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ८ : ४८ बजे

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त