२५ श्रावण २०८३, सोमबार | August 10, 2026

चारदेशीय टी-२० आई सिरिज : कुवेतमाथि नेपालको सानदार जित



काठमाडौं । चारदेशीय टी-२० आई सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार बिहान कुवेतविरुद्धको खेलमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको शानदार अर्धशतकमा नेपाल ६ विकेटले विजयी भएको हो ।

कुवेतले नेपाललाई दिएको १८६ रनको लक्ष्य पछ्याउनेक्रममा विष्फोटक ब्याटिङ गरेका कुशलले २६ बलमा पाँच चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरे भने आशिफ शेखले ३४ बलमा दुई चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । कुशल ५० बलमा ६ चौका र ६ छक्काको मद्दतमा ८१ रन बनाएर आउट भए भने आशिफले ३८ बलमा चार छक्का र दुई चौकाको मद्दतमा ५३ रन बनाए ।

ओपनरद्वयले पहिलो विकेटका लागि १२७ रनको साझेदारी गरे ।

नेपालका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले १२ बलमा दुई चौका र तीन छक्काको मद्दतमा ३१ रन बनाए । कप्ता रोहित पौडेल ४ र गुल्सन झा ९ रनमा नटआउट रहे । ६ बलको सामना गरेका कुशल मल्ल भने चार रन बनाउँदा आउट भए । १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा टस जितेर सुरुमा फिल्ड रोजेको नेपालका बलरविरुद्ध कुवेतले सुरुको पाँच ओभर आक्रामक ब्याटिङ गरेको थियो । कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाउँदा मिट भासरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दारुवानले २६ रन जोडे । कुवेतले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिँदा नन्दन यादवले दुई विकेट हात पारे । ललित राजवंशी र कुशल भुर्तेलले एकएक विकेट हात पारे । नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरी महंगा सावित भएका थिए ।

यो चारदेशीय टी-२० आई सिरिजमा यो नेपालको दोस्रो जित हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो । बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  १० : १२ बजे

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जनवादी गणतन्त्र चीनका

ट्रमा सेन्टर ढल्केबरमै बन्छ, लहानमा ट्रमा युनिट : स्वास्थ्यमन्त्री

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान

रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस

काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो