काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको बैठक शनिबारका लागि आह्वान गरिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो १ बजे बैठक बस्ने तय भएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
संसदीय दलको बैठकमा राष्ट्रपतिले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुनेछ ।
यस्तै, दलका तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने मुख्य सचेतक बर्तौलाले जानकारी दिए ।


















प्रतिक्रिया