२० मंसिर २०८२, शनिबार | December 6, 2025

आइसिसी महिला विश्वकप छनोट अन्तर्गत नेपालले बहराइनलाई ९ विकेटले हरायो



काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले बहराइनविरुद्ध ९ विकेटको जित निकालेको छ । वर्षाका कारण खेललाई ५.५ ओभरमा सीमित गरिएको थियो । बहराइनले प्रस्तुत गरेको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमै एक विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि ओपनर कविता कुँवरले आक्रामक ब्याटिङ गर्दै ११ बलमा ४ चौकाको सहयोगमा १८ रन बनाइन् । उनी रनआउट भएकी हुन् । अर्की ओपनर सम्झना खड्काले १० बलमा १३ रन जोडिन् भने कप्तान इन्दु वर्मा ५ बलमा ७ रन जोड्दै अविजित रहिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाउँदै ४१ रन बनायो । उसका लागि दिपिका रसंगिकाले १३ बलमा ६ चौका र १ छक्कासहित नटआउट ३४ रनको धमाकेदार इनिङ खेलिन् । थरान्गा गजनायाकेले ३ रन र जेनाब फाजिलले २ रनको योगदान दिइन् ।

नेपालका लागि एक मात्र विकेट पूजा महतोले लिएकी थिइन् । खेलको अन्तिम ओभरमा बलिङ गरेकी सबनम राईलाई दिपिकाले १ छक्का र ३ चौकासहित २० रन हानेपछि बहराइनले प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो । प्रतियोगिता अन्तर्गत यसअघिको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ११ : ३५ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल