काठमाडौं । हिजोदेखि काठमाडौंमा सुरु भएको अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रममा आज छलफल सेशन चल्दैछ । हिमाल, हिमनदीसहित विश्वमा देखा परेको जलवायु परिवर्तनका बारेमा छलफल गर्नका लागि काठमाडौंमा हिजोदेखि सगरमाथा संवाद कार्यक्रम सुरू भएको हो ।
सोल्टी होटेल, ताहाचलमा बिहान ९ः३० बजेबाट सुरू हुने आजको छलफल कार्यक्रममा १७५ विदेशी पाहुनासहित ३५० जनाले सहभागीता जनाउँदै छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार जेठ ४ गतेसम्म गरी तीनदिनसम्म चल्ने यो ‘सगरमाथा संवाद’ कार्यक्रमको जलवायु परिवर्तन सबन्धी मुख्य विषय छलफल हुनेछ ।
यस्तो छ कार्यतालिका
छलफल सत्रः अन्तर्राष्ट्रिय सम्मेलनको प्रारूपमा आयोजना गरिने यस संवादको थिममा केन्द्रित रही आफ्ना धारणा वा विचारहरू व्यक्त गर्ने प्रयोजनका लागि यो सत्र राखिएको हो। संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनलाई यस सत्रमा बोल्ने अवसर हुनेछ । हालसम्म यस सूचीमा २३ प्रतिनिधिमण्डल समावेश गरिएको छ। प्रत्येक प्रतिनिधिमण्डललाई ५ मिनेटको बोल्ने समय प्राप्त हुने छ । कार्यक्रम बिहान ११ः३० मा शुरू भई अपरान्ह १ः३० बजे सम्पन्न हुनेछ ।
त्यसपछि विशिष्ट अतिथिहरूलाई सगरमाथाको हवाइ यात्रालगायत विभिन्न कार्यक्रमहरू गरिनेछ ।


















प्रतिक्रिया