२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

विराटनगरका ७६ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु



विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा थप एक वृद्धको मृत्यु भएको छ ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप एक जना कोरोना संक्रमित वृद्धको सोमबार बिहान मृत्यु भएको हो ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.चुमनलाल दासका अनुसार विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय वृद्धको बिहान ३ः१५ बजेतिर मृत्यु भएको हो ।

भदौ ११ गने संक्रमण पुष्टि भएका वृद्धलाई १० दिन ‘होम आइसोलेसन’मा राखेर उपचारका लागि शनिबार उपचार केन्द्रमा ल्याइएको थियो ।

मृतकमा उच्च रक्तचापको पुरानै समस्या रहेको दासले जानकारी दिए । कोरोना संक्रमण देखिएपछि ‘होम आइसोलेसन’मै रहे पनि श्वासप्रश्वासमा समस्या भएका कारण थप उपचारका लागि कोभिड उपचार केन्द्रमा ल्याइएको उनको भनाइ छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ८ : ४६ बजे

‘पार्वती’को ‘मेरो दिदी’ सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

दोसल्लेका नौ घरपरिवार विस्थापित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ हिस्तानको फेकण्डो भिर चर्किएर पहिरो

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका-६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका-६ को

उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

बागलुङ । लामो समयदेखि चर्चामा मात्रै रहेको उत्तरगङ्गा जलायशयुक्त जलविद्युत्