२४ भदौ २०८३, बुधबार | September 9, 2026

एक करोड लगानीमा बुटवलमा खुल्यो आरोग्य स्पर्श क्लिनिक



बुटवल । बुटवलमा एक करोडको लगानीमा आरोग्य स्पर्श क्लिनिक संचालनमा आएको छ । एकै ठाउँमा छाला, यौन र स्त्री रोग विशेषज्ञ सेवा प्रदान गर्ने गरी बुटवल हस्पिटल उक्त क्लिनिक सञ्चालनमा आएको हो । क्लिनिकको शनिवार एक कार्यक्रमका विच औपचारिक उद्धघाटन हुने छ ।

क्लिनिकको छाला, यौन रोग तथा कुष्ठरोग विशेषज्ञ डा. मनोज सापकोटा, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. बिन्दु खरेल र अर्को स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शीला ढकाल सहितको टीमले संचालनमा ल्याएका हुन् ।

क्लिनिक स्थापनाको मुख्य उद्धेश्य आधुनिक प्रविधि, विशेषज्ञ डाक्टरहरुको टोलि र व्यक्तिगत हेरचाहद्वारा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु रहेको छाला, यौन रोग तथा कुष्ठरोग विशेषज्ञ डा. मनोज सापकोटाले बताए । यस्तै आर्थिक रुपमा अति विपन्न र असाहयका लागि निःशुल्क उपचार समेत गरिने उनले बताए ।

कृत्रिम बुद्धिमतामा आधारित छाला विश्लेष्ण प्रविधि, छालाका समस्याहरुको विस्मृत डिजिटल परीक्षण, लेजर प्रविधिबाट दागहरु हटाउने, टयाटु हटाउने, कपाल प्रत्यापरोप, कपालका प्रत्यारोपण, डन्डीफोर, पिम्पल र चायाको विशेषज्ञ उपचार गरिने स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.बिन्दु खरेलले बताइन् ।

साथै निसन्तानलाई सल्लाह सुझाव तथा उपचार, गभवर्ती महिलाको सम्पूर्ण जाँच र पाठेघरसँग सम्बन्धीत सम्पूर्ण जाँच गरिने उनले बताइन् ।

यस्तै क्लिनिकले सुभारम्भको अवसरमा विभिन्न छुट अफर समेत ल्याएको छ । जस अनुसार सुरुवातको ३ दिनसम्म निःशुल्क परार्मश सेवा, चयनित एस्थेटिक उपचारमा छुट र एक महिनाको लागि छालाको विश्लेष्ण निःशुल्क हुने छ ।

क्लिनिकको औपचारिक उद्घाटन शनिबार हुनेछ । आरोग्यका अत्याधुनिक सेवाहरुले यस क्षेत्रको स्वास्थ्यमा सेवामा नयाँ आयाम थपेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  ७ : ४० बजे

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ