९ श्रावण २०८३, शनिबार | July 25, 2026

बुटवलको हस्पिटल लाईनमा आरोग्य स्पर्श क्लिनिक संचालन

तीन दिन बिरामीका लागि निःशुल्क परामर्श सेवा र केही उपचारमा विशेष छुट



बुटवल । बुटवल हस्पिटललाईनमा छाला, यौन रोग सम्वन्धि आरोग्य स्पर्श क्लिनिक संचालनमा आएको छ । एकै स्थानमा छाला, यौन रोग तथा स्त्रीरोग विशेषज्ञ सेवा सहितको आरोग्य स्पर्श क्लिनीक आज शनिबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो ।

बुटवल क्षेत्रका चार जना डाक्टर तथा स्वास्थ्यकर्मीहरुको एक करोडकको लगानीमा शनिबारदेखि क्लिनीक संचालनमा आएको हो । क्लिनिकको पन्चकन्याले रिवन काटेर शुभारम्भ गरेका हुन् ।

क्लिनीक शुभारम्भ कार्यक्रममा बरिष्ठ छाला, यौन रोग तथा कुष्ठरोग विशेषज्ञ डाक्टर मनोज सापकोटाले क्लिनिकबाट आधुनिक प्रविधि, विशेषज्ञ डाक्टरहरुको टोली र ब्यक्तिगत हेरचाहद्वारा गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गरिने बताए । उनका अनुसार वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर विन्दु खरेल र वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर शीला ढकालले पनि सेवा दिनु हुने छ ।

क्लिनिकबाट छाला, यौन रोग तथा कस्मेटिक लेजर विशेषज्ञ सेवा, छालाका समस्याको बिस्तृत डिजिटल परीक्षण, लेजर प्रयोग गरि छालाको दाग, छालामा दादलगायतका समस्याको पहिचान र समाधान, छाला तथा ट्याटुको दाग हटाउने, कपाल प्रत्यारोपण गर्ने, कपालको स्वास्थ्यकालागि जिएफसी थेरापी, छाला समस्याको परामर्शकालागि डर्मेटोलोजि सेवा, निसन्तान दम्पत्तीकालागि उचित परामर्श र उपचार सेवालगायतका सेवा क्लिनिकमा उपलब्ध भएको डा.बिन्दु खरेलले जानकारी दिइन ।

क्लिनिक शुभारम्भको अवसरमा शनिबारदेखि तीन दिन बिरामीका लागि निःशुल्क परामर्श सेवा र केही उपचारमा विशेष छुटको ब्यवस्था समेत गरिएको क्लिनीका संचालक विवेक खरालले जानकारी दिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शनिबार  ७ : ०३ बजे

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख

अनसनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल लगियो

धनगढी। २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या

रुपन्देही प्रहरीको घुमुवा बनेर रकम असुली गर्ने राणा नक्कली रिभल्वर सहित पक्राउ

बुटवल । रुपन्देहीको बिभिन्न स्थानमा रुपन्देही प्रहरीको घुमुवा बनेर रकम

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन

पोखरा । पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा

सांसद गणेश पौडेलमाथि मसी छ्याप्नेलाई कारवाही गर्न रास्वपाको माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन