३ पुस २०८२, बिहिबार | December 18, 2025

चोरी भएका २२ वटा मोटरसाइकल र स्कुटर सवारीधनीले पाए



काठमाडौं । चोरी भएका २२ वटा दुईपांग्रे मोटरसाइकल र स्कुटर सवारीधनीले पाएका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका मोटरसाइकलर स्कुटर खोजेर आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ स्कुटर र १० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा ट्राफिक प्रहरीले ती सवारीसाधनलाई फेला पारेको थियो ।

ट्राफिक प्रहरीका अनुसार, गत वर्ष साउनदेखि आजसम्म ४६७ वटा सवारीसाधन खोजेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । चोरीका ४४ वटा दुईपांग्रे सवारीसाधनसहित चोरीमा संलग्न ६६ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७९/०८० मा ४९९ वटा, ०८०/०८१ मा ४१७ र ०८१/०८२ को आज सम्ममा ४६७ वटा दुईपांग्रे सवारीसाधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  १ : २० बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका