२ पुस २०८२, बुधबार | December 17, 2025

हैदराबादमा ‘लिभिङ टुगेदर’मा रहेकी नेपाली महिलाको हत्या, पुरुष पक्राउ



काठमाडौं । भारतको हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा एक जना नेपाली युवक पक्राउ परेका छन् । हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको आरोपमा पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार, हत्यापछि प्रेमिकाको शव लगेज ब्यागमा हालेर सुनसान स्थानमा फालेका भेटिएको छ । हत्यामा संलग्न रहेको आरोपमा ३० वर्षीय नेपाली नागरिक विजय टोप्पा उर्फ विल्सनलाई पक्राउ गरिएको हैदराबाद प्रहरीले जनाएको छ । विजयले ताराको हत्या गरी ट्राभल ब्यागमा शव हालेर फालेको भेटिएपछि जुन ४ मा घटनाको खुलासा भएको इन्डिया टुडेले उल्लेख गरेको छ ।

विजयसँग फेसबुकमार्फत चिनजान भएपछि तारा अप्रिल १५ मा हैदराबाद गएर लिभिङ टुगेदरमा बस्दै आएका थिए । विजय एक स्थानीय रेष्टुरेन्टमा कार्यरत सेफ हुन् । तारा विवाहित र दुई छोराछोरीकी आमा थिइन् ।

मे २३ मा तारा गर्भवती भएको विषयमा विवाद हुँदा विजयले नाइलन झोलाको डोरीले घाँटी थिचेर उनको हत्या गरेको प्रहरीको भनाइ छ । स्थानीय चौकीदारले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले पाँचवटा विशेष टोली बनाएर आरोपीको खोजी थालेको थियो । सीसीटीभी फुटेज र प्राविधिक प्रमाणको आधारमा विजयलाई मेडचल जिल्लाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिले प्रारम्भिक बयानमा आफ्नो कसुर स्वीकार गरेको प्रहरीले दाबी गरेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ३ : ११ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि