३० असार २०८३, मंगलबार | July 15, 2026

पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने



काठमाडौँ । चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा धेरै कमाइ गर्ने २५ चलचित्र निर्मातालाई सम्मान गर्ने भएको छ । बोर्ड स्थापना भएको वर्ष विसं २०५७ असार १६ देखि विसं २०८२ जेठ मसान्तसम्म धेरै कमाइ गर्ने चलचित्रका निर्मातालाई उक्त सम्मान प्रदान गर्न लागिएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए ।

“बोर्डको पच्चीसौँ स्थापना दिवसको अवसर पारेर हामीले २५ चलचित्र निर्मातालाई सम्मान गर्ने छौँ । यसका लागि न्यूनतम रु पाँच करोडभन्दा धेरै कमाइ भएको चलचित्रका निर्माताले प्रमाण खुल्ने कागजातसहित सात दिनभित्र बोर्डमा निवेदन दिनुपर्ने छ । व्यक्तिगत लगानीबाट चलचित्र क्षेत्रलाई योगदान पु¥याएकालाई यस कार्यले हौसला मिल्ने हाम्रो विश्वास छ”, उनले भने ।

उनले निवेदनसँगै सम्बन्धित वर्षको चलचित्र निर्माण कम्पनीको लेखापरीक्षणको कागजपत्र र वितरकले निर्मातालाई भुक्तानी गरेको प्रमाण खुल्ने कागजात्र पेस गर्नुपर्ने बताए ।

अध्यक्ष डिसीका अनुसार आगामी असार १६ गते उक्त सम्मान प्रदानसँगै ‘रियलटाइम बक्सअफिस’को सुरुआत, बोर्डका सेवालाई अनलाइनबाट प्रदान गर्नेलगायतका कार्य सुरुआत गरिने छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ९ : ३५ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित