१५ बैशाख २०८३, मंगलबार | April 29, 2026

बुटवलको डल्फिन एजुकेशनको आयोजनामा ११ गते ‘युके रोड सो नेपाल २०२५’ हुँदै



बुटवल । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा उपलब्ध गराउँदै आएको बुटवलको डल्फिन एजुकेशन कन्सल्टेन्सीले विश्वविद्यालयका प्रतिनिधिसँग विद्यार्थीलाई प्रत्यक्ष भेट गराउने भएको छ ।

बुटवल-८ शुक्रपथस्थित डल्फिन एजुकेशनले युके अध्ययन गर्न चाहने विद्यार्थीलाई यही असार ११ गते युकेका विश्वविद्यालयबाट आएका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेट गरी परामर्श सेवा लिन पाउने व्यवस्था गरेको हो ।

युकेमा रहेका वेस्ट लन्डन युनिभर्सिटी, कार्डिफ मेट्रोपोलिटन युनिभर्सिटी, लिड्स वेकेट युनिभर्सिटी, युनिभर्सिटी कलेज अफ वर्मिङ्गम र वर्मिङ्गम सिटी युनिभर्सिटीका प्रतिनिधिहरुले डल्फिन एजुकेशनमा आएर विद्यार्थीलाई प्रत्यक्ष भेट गर्ने भएका हुन् ।

सो अवसरमा युके जान चाहने विद्यार्थीले विश्वविद्यालयका प्रतिनिधिहरुलाई भेटेर निशुल्क रुपमा परामर्श सेवा लिन सक्ने डल्फिन एजुकेशन कन्सल्टेन्सीका निर्देशक निशानबाबु कार्कीले जानकारी दिए । परामर्श कार्यक्रममा सय जना बढी विद्यार्थी सहभागी हुने अनुमान गरिएको उनले बताए ।

डल्फिनको कार्यालयमा सञ्चालन गरिने परामर्श सेवामा विद्यार्थीले युके अध्ययन गर्नका लागि आवश्यक पर्ने प्रक्रिया, विषय छनोट, कानुनी परामर्श लगायतका सेवाहरु विश्वविद्यालयकै प्रतिनिधिबाट जानकारी लिन पाउने निर्देशक कार्कीले बताए ।

काठमाडौंमा केन्द्रीय कार्यालय रही देशका विभिन्न ९ स्थानमा शाखा रहेका डल्फिनले विगत २३ वर्षदेखि वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

अस्ट्रेलिया, न्युजिल्याण्ड तथा युके अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । डल्फिनको बुटवल शाखाले मात्रै पछिल्लो ३ वर्षको अवधिमा ३ सय बढी विद्यार्थीलाई विदेश अध्ययनका लागि परामर्श दिएर पठाउन सफल भएको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ६ : १७ बजे

नुवाकोटबाट बुटवल झर्दे गरेको स्कुटर दुर्घटना, २ जना किशोरीको मृत्यु

बुटवल । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना हुँदा

सरकारको ‘विभेदकारी विज्ञापन नीति’ अवज्ञा गर्न स्थानीय तहलाई आह्वान

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले संघीय सरकारको ‘विभेदकारी विज्ञापन

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका