७ आश्विन २०८३, बुधबार | September 23, 2026

निजामती विधेयकमा ‘छेडछाड गर्ने’ रामहरी खतिवडालाई कारबाही गर्नुपर्छ : सूर्य थापा



काठमाडौं। सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने राज्य व्यवस्था सभापति रामहरी खतिवडालाई कारबाही गर्नु पर्ने माग उठेको छ ।

राज्य व्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’ संसदमा प्रतिवेदन लैजादा सभापति खतिवडाले घुसाएर पठाएको भन्दै कारबाहीको माग गरिएको हो ।

नेकपा एमालेका सांसद सुर्य थापाले खतिवडालाई कारबाही गर्नु पर्ने माग गरेका हुन् । ‘समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी घुसाउने को हो ? भन्दै थापाले भनेका छन, ‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले जिम्मेवारी लिनुपर्छ, यदि यस्तो गरेको तथ्य हो भने यो अत्यन्त गैरजिम्मेवार र जवाफदेहिताबिहीन कार्य क्षमायोग्य हुन सक्दैन।’

उनले अगाडि भनेका छन, ‘कानुन निर्माणमा विधि र प्रक्रियाविपरितको कुशासन नै हावी देखियो, सार्वभौम संसद र जननिर्वाचित सांसदहरूले छलफल र पारित गरेको कानुनमा कसले के कैफियत ग–यो ? यो गंभीर विषयय भएको छ ।’

निजामति सेवा विधेयकमा कुलिङ पिरियड नराख्ने सहमति समितिमा भए पनि संसदमा पुगेको विधेयकमा भने कुलिङ पिरियड राखेर पारित भएको रहस्य खुले पछि यतिखेर खतिवडाको आलोचना भइरहेको छ ।

 

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ११ : ०५ बजे

कांग्रेसको ५१२ पालिकामा अधिवेशन सुरु

ललितपुर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक