२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

बुटवलको आस्थममा १६ औँ ब्याचका उत्तिर्ण विद्यार्थीलाई सम्मान



बुटवल । बुटवलकै पुरानो एशियन स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आस्थम) बुटवलले १६ औं ब्याचका उत्तीर्ण विद्यार्थीलाई शनिबार एक कार्यक्रमका बीच सम्मान तथा बधाई ज्ञापन गरेको छ । बुटवल-८ राजमार्ग चौराहास्थित आस्थमबाट डिएचएम र एडिएचएममा तीन जना टपर र डिस्ट्रिन्सनसहित सबै विद्यार्थी पास आउट भएका छन् ।

लुम्बिनी प्रदेशकै उत्कृष्ट होटेल म्यानेजमेन्ट तालिम केन्द्र रहेको आस्थमको यो नतिजा उत्कृष्ट रहेको दावी छ । आस्थमबाट एडिएचममा टपर र डिष्ट्रिन्सन ल्याउने अनुप थापा, प्रज्वल गुरूङ, रक्षा शाह गुप्ता, अन्जली चौधरी, सुमित थापासहित ३४ जना विद्यार्थी पास आउट भएका छन् । कार्यक्रममा आस्थम बुटवलका प्रबन्धक निर्देशक जिएस गुरूङले बोल्दै होटल व्यवस्थापनको तालि आफैमा सीपमूलक र व्यवहारिक भएकाले कोही पनि बेरोजगार हुन नपर्ने बताए । आस्थमले व्यवसायिक शिक्षालाई जोड दिदै आएको बताउँदै निर्देशक गुरूङले यो कोर्ष अध्ययन गरेको विद्यार्थी ब्याचलर तेस्रो सेमेस्टरमाथि जुनकुनै देशमा गएर पनि आफ्नो अध्ययनलाई अघि बढाउन सक्ने बताए ।

कार्यक्रममा संस्थाका कोअर्डिनेटर मिलन रानाले डिप्लोमा लेभलको होटल म्यानेजमेन्ट कोर्ष पूरा गरेपछि स्वेदश र विदेश व्यवसायी र रोजगार बन्न सकिने बताए । आस्थमका पूर्व विद्यार्थी तथा होटल द फिलमिंगोका सुपरभाइजर योगेश अधिकारीले स्वदेशमै हस्पिटालिटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले यहीं बसेर धेरै काम गर्न सकिने बताए । आस्थम बुटवलको पहिलो दर्ता भएको होटल म्यानेजमेन्ट अध्यापन गराउने शैक्षिक संस्था हो । आस्थममा लिइने व्यावसायिक कोर्स हो । तर, शैक्षिक डिग्रीको साथ बराबर मान्यता छ । हालसम्म आस्थमबाट १० हजार भन्दा बढी विद्यार्थीले विभिन्न अवधिका तालिम पूरा गरेका छन् । वि.स.२०६० सालमा स्थापना भएको आस्थमले १५ महिने र ६ महिने गरी एड्भान्स लेवलको होटल म्यानेजमेन्टको तालिम प्रदान गर्दै आएको छ । आस्थमले स्वीस एक्स्पर्ट ल्याएर विद्यार्थीलाई सिकाउदै आएको छ ।

सो अवसरमा आस्थमका तालीम संयोजक इश्वरमान थापा, विद्यार्थीहरु रक्षा शाह लगायतले बोल्दै उत्कृष्ट व्यवस्थापन र विद्यार्थीमैत्री वातावरणका कारण राम्रो नतिजा आएको बताए । आस्थममा डिएचएम, एडिएचएम र डिजिसिए को पढाई हुन्छ । यि कोर्षको शत प्रतिशत इन्टनसीप र रोजगारीमा सहभागी, युकेबाट प्रमाणित कोर्ष, व्याचलरको दोस्रो र तेस्रो ट्रान्फर गर्न सकिने, स्वीजरल्याण्डका दक्ष प्रशिक्षक र प्रयोगात्मकलाई प्राथामिकता रहेको छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ८ : ४७ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित